३० वैशाख २०८१ आइतबार
image/svg+xml

जनप्रतिनिधिकै मिलोमतोमा बहुमूल्य ऐलानी जग्गा कब्जा

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको ४५ कट्ठा ऐलानी जग्गामा कब्जा गरी माटो पुर्न थालिएपछि स्थानीयले बिरोध जनाएका छन्।

भित्र गाउँसभा, बाहिर विरोधसभा

वडागत बजेट सिलिङ नदिइएको भन्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गाउँसभामा पुगेर नेकपाले बिरोध जनाएको छ।

ताप्लेजुङमा आकस्मिक यातायात बन्द, तीर्थालुलाई समस्या

यातायात व्यवसायी पक्राउको बिरोधमा आइतवार बिहानदेखि ताप्लेजुङबाट छुट्ने यातायातका सवारी साधन सञ्चलनमा रोक लगाईएको छ।

पुल निर्माणमा ढिलासुस्तीले हद नाघ्यो, ठेकेदारको चौतर्फी बिरोध

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणमा भएको ढिलासुस्तीको चौतर्फी बिरोध सुरु भएको छ।

कालोपत्रेको काममा चरम ढिलासुस्ती भएको भन्दै बिरोध

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–हलेसी, जयराम–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रेको काममा चरम ढिलासुस्ती भएको भन्दै नेकपा मालेले बिरोध जनाएको छ।

निर्वाचन बिरोधी गतिविधिको आरोपमा शिक्षक पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। जलजला गाउँपालिका वडा नम्बर ३ माझफाँटको समाज कल्याण प्राविका शिक्षक धनञ्जय मल्ललाई प्रहरीले पक्राउ गरेको हो। नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

जनता लोकतन्त्र बिरोधी छैनन, त्यस कारण साम्यवाद रोजाइमा पर्दैन: प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो वाम गठबन्धन लोकतन्त्र विरोधी शक्ति भएको आरोप लगाएका छन्। उनले कम्युनिष्ट शासन स्थापना भएमा एकदलीय तानशाह जन्मने भन्दै त्यसो भएमा नेपाली जनताले डरत्रास पूर्ण दैनिकी बिताउन बाध्य हुनुपर्ने पनि बताए।

गौ हत्याको बिरोधमा मध्यपश्चिम बन्द

कैलालीमा गौ हत्या गरिएको भन्दै त्यसको विरोधमा मध्यपश्चिम बन्द आह्वान गरिएको छ। विभिन्न हिन्दूवादी संघ संगठनले गौ हत्याको छानविन गरि दोषी माथि कारवाहीको माग गर्दै मध्यपश्चिमका सबै जिल्लामा बन्द आह्वान गरेका हुन्। ती संगठनहरुले कैलालीमा १ सय २० गाई गोरु मारिएको जनाएका छन्।

प्रदेश टुक्राउने प्रस्तावकाे बिरोधमा अर्घाखाँची फेरि बन्द

सरकारले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको संयुक्त संघर्ष समिति अर्घाखाँचीलेले फेरि जिल्ला बन्दको आह्वान गरेको छ।

पाँच नम्बर प्रदेश विखण्डनको बिरोधमा अर्घाखाँची बन्द

पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा लैजाने गरी सरकारले संविधान संशोधन विधेयक मंगलबार राति संसद सचिवालयमा दर्ता गराएपछि बुधबारदेखि अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरिएको छ। बिहीबारपनि जिल्ला पूर्ण रुपमा बन्द रहेको छ। जिल्लाबासीले सदरमुकाम सन्धिर्खका सडकमा टायर बालेर सडक अवरुद्ध पारेका छन्।

सीमाकंन हेरफेरको बिरोधमा प्युठान बन्द, बिरोध प्रदर्शन

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्युठानबासी आन्दोलित भएका छन्। हालको पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला प्रदेश नम्बर ४ र ६ मा गाभ्ने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको निर्णय बिरुद्ध जिल्ला बन्दको आह्वान गरिएको छ। बुधवार बिहानैदेखि जिल्लाका चोक चोकमा टायर बालेर बिरोध सभा र सरकारको संशोधन विधेयक बिरुद्ध प्रदर्शन भइरहेको छ।

क्रिसमस विदा कटौतीको बिरोध

राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सिबी गहतराज अध्यक्षमा निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्