८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश टुक्राउने प्रस्तावकाे बिरोधमा अर्घाखाँची फेरि बन्द

अर्घाखाँची–सरकारले पाँच नम्बर प्रदेशलाई  टुक्र्याउने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा  चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको संयुक्त संघर्ष समिति अर्घाखाँचीलेले फेरि जिल्ला बन्दको आह्वान गरेको छ।

समितिले  पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।  समितिले २५ र २६ गते बन्दको आह्वान गरेको छ। देवाली पर्व  परेकाले  २७, २८ र २९  गते  बन्द नगर्ने निर्णय गरिएको संघर्ष समितिले जनाएको छ  । २९ गते साँझ सन्धिखर्कमा मसाल जुलुस गर्ने कार्यक्रम रहेको छ । ३० गते देखि ६ गते सम्म लगातार बन्दको आह्वान गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति तथा संघर्ष समितिका संयोजक विष्णु खनाल मुस्कानले जानकारी दिए । आज (शनिबार) सन्धिखर्कमा युवाको अगुवाइमा सिठ्ठी जुलुस निकालिँदै छ ।  आइतबार महिलाहरुको अगुवाइमा थाल ठट्याएर सरकारको कदमको बिरोध गर्ने कार्यक्रम छ।  

सरकारले मंसिर १४ गते  राति संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि १५ गते देखि २० गते सम्म जिल्ला गरिएको थियो। सरकारलाई ४ दिने अल्टिमेटम दिँदै २१ गते देखि २४ गते सम्म बन्दका कार्यक्रम फिर्ता गरी अन्य बिरोधका कार्यक्रमलाई यथावत राखिएको थियो । बिरोधका कार्यक्रम यथावत राखेपनि सरकारले माग सुनुवाइ नगरेको भन्दै संघर्ष समितिले फेरी बन्दको आह्वान गरेको हो ।

सरकारले पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावलाई फिर्ता नगरे सम्म  बन्द सहितको आन्दोलनका कार्यक्रमलाई नरोक्ने नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्रबहादुर खड्का (उज्जवल) ले बताए । उनले मिलेर बसेका तराइ  र पहाडका नागरिकको सम्वन्धलाई जवरजस्त टुक्र्याउन खोजेको भन्दै सरकारले बिवाद नै नरहेको प्रदेशमा विवाद झिकेको बताए ।  उनले सम्वन्धित क्षेत्रका जनप्रतिनिधि र नेतासँग परामर्स नगरी संशोधन प्रस्ताव  पेश गरेर मुठभेट निम्त्याउन खोजेको आरोप लगाए। ‘हामी प्रधानमन्त्रीलाई छिटो भन्दा प्रदेश टुक्राउने गरी ल्याइएको प्रस्तावलाई  फिर्ता लिन आग्रह गरेका छौं’, खड्काले भने, ‘फिर्ता नलिँदासम्म  आन्दोलन रोकिँदैन।’  
 
 

प्रकाशित: २५ मंसिर २०७३ ०५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App