मौलिक सम्पदा जोगाउनु आवश्यक
नेपालको मौलिक सम्पदा जोगाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्। हाम्रो ज्ञान, परम्परा मौलिक सम्पदामा निहित हुने भएकोे यसको जर्गेना आवश्यक भएको उनीहरुको भनाइ थियो।
नेपालको मौलिक सम्पदा जोगाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्। हाम्रो ज्ञान, परम्परा मौलिक सम्पदामा निहित हुने भएकोे यसको जर्गेना आवश्यक भएको उनीहरुको भनाइ थियो।
गुठीले गर्दा नै नेपालका मठमन्दिरलगायतका धार्मिक सम्पदा हालसम्म संरक्षण भइरहेका हुन्। सरकारले ल्याएको यो गुठीसम्बन्धी विधेयक पारित भए नेपालका सबै धार्मिक सम्पदा माँस्न भूमाफियलाई सहज हुने बताए।
स्थानीय सम्पदा संरक्षण अभियानको गर्भ हाम्रो सांस्कृतिक चेतनाका अन्तर्यसित नै आबद्ध रहिआएको वास्तविक रहेको यथार्थ हो। लिच्छवि र मल्लकालीन सांस्कृतिक सम्पदा अद्यावधिक रहनु यसको ज्वलन्त प्रमाण रहेको वास्तविकता नकार्न सकिन्न। आवधिक काल समयमा भएका दैवी÷प्राकृतिक प्रकोपले तहस नहस पारेका सम्पदा–संस्कृति तत्कालीन सीप र प्रविधि अनुरूप संरक्षण भई आएको वास्तविक अभिलेख यतैकतै वा विश्वका कुनै भागका संग्रहालयमा सुरक्षित रहन सक्ने सम्भावना पनि उत्तिकै सम्भाव्य खोजिनीतिका पृष्ठ पक्कै हो। यस सम्भावनालाई हामीले आफ्नै सरोकार ठान्नु, मान्नु उपयुक्त नै रहनेछ।
असनस्थित पुरातात्विक महत्वको सम्पदा अभिताभ बुद्ध रहेको घरमा व्यापारिक भवन बनाउन लागिएकोमा स्थानीयले आपत्ति जनाएका छन्।
भक्तपुरको प्रख्यात नागपोखरी छेउमा छन्, दुई पाटी। त्यहाँबाट पाँच मिनेटको पैदल दूरीमा पुगिने महालक्ष्मी मन्दिरसम्म ८ पाटी छन्। त्यति मात्रै होइन, भक्तपुरको हरेक वडामा कम्तीमा दुई दर्जन पाटी छन्।
रानीपोखरी भनेपछि धेरैलाई लाग्छ, काठमाडौंको रानीपोखरी। तर भक्तपुरमा पनि रानीपोखरी छ, जुन काठमाडौंको भन्दा पनि ४० वर्ष पुरानो हो। यही भक्तपुरको रानीपोखरीले अहिले पुनर्जीवन पाउँदैछ।
एनएमबि बैंकले विश्व सम्पदा दिवसको उपलक्ष्यमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ। बैंकले विगतदेखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्त्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ।
२०७२ वैशाख १२ गते मुलुकमा भूकम्पले ठूलो क्षति पु¥यायो। नेपालका लागि यो स्मरणीय प्राकृतिक विपत्तिको घडी हो। मानवीय क्षतिका हिसाबले पनि यो ठूलो घटना हो। तर, थाहा नहुनेगरी जुनसुकै बेला पनि हुन सक्ने यस्ता आपत्विपद्बाट जोगिन गरिने तयारी भने न्यून छ। विनासकारी भूकम्पको चार–चार वर्ष बित्दा पनि सरकारले त्यतिबेला भएको क्षति फर्काउन अझै सकेको छैन।
ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित खड्का टोलमा रहेको गणेश मन्दिरको जग्गा हडप्न खोजेको पाइएको छ।
३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने भएको छ।
सम्पदा संरक्षण विज्ञानसम्मत हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। भक्तपुर नगरपालिकाले विश्व सम्पदा दिवसको अवसरमा बिहीबार गरेको प्रवचन कार्यक्रमका वक्ताले प्राचीन स्मारण ऐनअनुसार एक सय वर्ष पुरानो भौतिक वस्तु देशकै सम्पदाको रूपमा स्थापित हुने भएकाले यसको संरक्षण आवश्यक रहेको बताए।
विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुप परिक्रमा गर्ने दोस्रो स्टेप चिरैचिरा परेको छ। २०७२ सालको भूकम्पले क्षति पु-याएपछि उक्त स्टेप चर्किएको थियो। चर्किएको भागमा हालिएको सुर्की उप्किएपछि यस्तो अवस्था आएको हो।
काठमाडौं उपत्यकाभित्रका सबैजसो सम्पदा संरक्षण अभियान थालिएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा काठमाडाैँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियानको थालनी गरेका हुन्। गत वर्षभरि ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान चलाएका थापाले आइतबारदेखि नयाँ ‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ अभियान थालेका हुन्।
विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपमा बारम्बार ढल फुट्दा स्थानीय र त्यहाँ घुम्न आएका पर्यटकले सास्ती खेपेका छन्। पानी पर्दा ढल फु्टने समस्या भए पनि मर्मतमा सरोकारवालाले बेवास्ता गरेपछि उनीहरूले सास्ती खेपेका हुन्। तर, ढल मर्मतमा भने सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ। स्थानीय नवीन शाहुखलका अनुसार सानो पानी पर्दा समेत ढल फुट्ने गर्छ। ठूलोपानी पर्दा त झनै बौद्ध स्तुप वरिपरीको बस्ती नै डुबानमा पर्छ।
पूर्वी पहाडका तीन जिल्लाको महत्त्वपूर्ण जैविक सम्पदाको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रको दिगो व्यवस्थापन सम्वन्धमा सरकार र सामुदायिक वन उपभोक्ता महासंघबीच राय बाझिएको छ।