८ आश्विन २०८१ मंगलबार
image/svg+xml

गुरुङको सम्मानसहित अन्त्येष्टि

उनको शव मंगलबार नेपाल ल्याइपुर्‍याइएको थियो। त्यसपछि बुधबार बिहान उनको सम्मानमा सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा पार्थिव शरीर राखेर ‘श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण कार्यक्रम’ गरिएको थियो। सो कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पार्थिक शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो

कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ।

कंगोमा विद्रोहीद्वारा गरिएको आक्रमणमा परी २९ जना गाउँलेको मृत्यु

उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ। युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो।

कंगोमा नयाँ वर्ष मनाइरहेको ठाउँमा हमला गरी २५ जनाको हत्या

लोकतान्त्रिक गणतन्त्र कंगोमा नयाँ वर्ष सन् २०२१ मनाउन जमघट भइरहेका बेला आक्रमण हुँदा २५ जनाको मृत्यु भएको छ।

कंगोमा इबोला प्रकोप भेटिएपछि उच्च सतर्कता

अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको नयाँ संक्रमण देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको बताइएको छ।

कंगोमा इबोलाका रोगी देखिए, चार जनाको मृत्यु

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको संक्रमण फैलिएको सरकारले जनाएको छ।

कंगोमा विमान दुर्घटना, २३ को मृत्यु

अफ्रिकी मुलुक कंगोमा आइतबार भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्। धावन मार्गबाट उडान भरेको केही समयभित्र नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कंगोको घना बस्तीमा खसेको थियो।

कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या

अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन्।

कंगोका पूर्वविद्रोही नेतालाई ३० वर्ष जेल

रुवान्डामा जन्मिएका ४६ वर्षीय पूर्वविद्रोही एन्टागान्डा रुवान्डा र लोकतान्त्रिक गणतन्त्र कंगोमा भएका कैयौं सशस्त्र द्वन्द्वमा सहभागी भएका थिए।

कंगोको खानी दुर्घटनामा १९ बालमजदुर मारिए

कंगोको दक्षिणी क्षेत्रमा सञ्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सञ्चालन गरिरहेको छ।

प्रधानसेनापतिले कंगो र सुडानस्थित शान्ति मिसनको भ्रमण गर्ने

प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसंघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित नेपाली शान्ति सैनिक तैनाथ शान्ति मिशनको निरीक्षण भ्रमण गर्ने भएका छन्।

कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु

दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ। गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

कंगो राष्ट्रिय सेनाको कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ ।

कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो

कंगोमा भीषण पहिरो गएको छ । त्यस पहिरोमा परी शनिबार सम्ममा कम्तीमा २०० जनाको ज्यान गएको छ।

युद्ध अपराधमा कंगोका पूर्व उपराष्ट्रपतिलाई १८ वर्ष जेल

अन्तराष्ट्रिय फैजदारी अदालतले अफ्रिकी मुलुक कंगोका पूर्व उपराष्ट्रपति जनरल पीएर बेम्बालाई युद्ध अपराधमा जेलसजाय सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्