४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

पाँच वर्षपछि भूकम्पपीडित खोजिँदै

पाँच वर्षपछि काभ्रेपलाञ्चोकका वास्तविक भूकम्पपीडित खोजिने भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजना बनाएको हो।

भूकम्पपीडितका सबै गुनासो फर्स्योट, पुनरावेदनमा जान पाइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘लाभग्राहीमा समावेश गरियोस्’ भनी भूकम्प पीडितले दर्ता गरेका र विभिन्न चरणका सर्वेक्षणबाट सङ्कलन गरिएका सबै गुनासो फर्स्योट गरेको छ।

अनुदान बुझेर पनि बनाएनन् छानो

भूकम्पपीडितले भूकम्पको पूरै अनुदान बुझेर पनि घर निर्माणको काम पूरा गरेका छैनन्। सिन्धुली जिल्लामा हालसम्म २२ हजारभन्दा बढीले भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास बनाउन उपलब्ध गराइने तेस्रो किस्ताबापतको रकम बुझे पनि घरको छाना हालेका छैनन्।

लाभग्राही सूचीमा नपरेपछि भूकम्पपीडित अन्योल

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका पेम्बा छोवाङ तामाङको परिवार अहिलेसम्म पनि भूकम्पले क्षति गरेको घरमा बस्दै आएको छ।

सामुदायिक वन छाडेर गाउँ फर्कंदै भूकम्पपीडित

बिनासकारी भूकम्पपछि हिमाली गाउँ सेलाङको बाँसखर्क र काफ्लेडाँडाको सामुदायिक वन क्षेत्रमा आश्रित भूकम्प पीडित थातथलोमा पुनःस्थापना हुन सहमत भएका छन्।

धमाधम बन्दै भूमिहीन भूकम्पपीडितका घर

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयका अनुसार सिन्धुलीमा भूमिहीन लाभग्राहीको संख्या तीन हजार छ। तीमध्ये अहिलेसम्म दुई हजार तीन सय ८० जनाले सम्झौता गरेर घर बनाउन थालेका छन्।

सहरका भूकम्पपीडित घर बनाउन असमर्थ

भूकम्प गएको चार वर्ष नाघिसक्दा पनि पाटनकारमेश महर्जन अहिले पनि चर्किएकै घरमा बस्छन्। भूकम्पको भूकम्पलगत्तै पुगेको इन्जिनियरको टोलीले गम्भीर क्षति भनी पुनःनिर्माणका लागि लाभग्राही सूचीमा उनको परिवारलाईराखेको थियो।

भूकम्पपीडित अझै सामुदायिक वनमै

८० परिवार भूकम्पपीडित सामुदायिक वन अतिक्रमण गरेको बसिरहेको डिभिजन कार्यालयको तथ्यांक छ। आश्रित वन क्षेत्र मुख्य बजार केन्द्रबाट नजिक रहेको, सडक पुगेको, फराकिलो र पारिलो रहेका कारण उनीहरुले छोढ्न नचाहेका हुन्। सामुदायिक वनमा बसेका मध्ये धेरैले अनुदानमा गाउँमा घर बनाइसकेका छन्।

घर बनेपछि भूकम्पपीडित दंग

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, टेटाङ्चेका कामी सिदार तामाङ साढे चार वर्षअघिसम्म अर्काको जग्गामा बस्दै आएका थिए। भूकम्पका कारण उनी बसेको ठाउँमा पहिरो गयो। छाप्रे घर पुरियो। उनको पाँचजनाको परिवार पुरानो ठाउँबाट केही तल झरेर बस्यो।

भूकम्पपीडित समस्यामा

रसुवाको माथिल्लो क्षेत्रमा शुक्रबार हिमपात भएको छ। जिल्लाको गोसाइँकुण्ड तथा आमाछोदिङ्मो गाउँपालिकाका विभिन्न क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्।

सिन्धुलीमा पुनर्निर्माण सुस्त

‘हालसम्म जिल्लामा ५४ प्रतिशत भूकम्पपीडितले मात्रै नयाँ घर निर्माण कार्य सम्पन्न गरी आवास अनुदानबापतको रकम पुरै बुझेका छन्,’ कार्यालयका निमित्त प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए। भूकम्प गएको ५५ महिनामा जिल्लाका २० हजार पाँच सय ९० जनाले घर निर्माण गरी तेस्रो किस्ताबापतको रकम लिएको कार्यालय प्रमुख विष्टको भनाइ छ।

समन्वय नहुँदा भूकम्पपीडित मारमा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय इमेलमा भर पर्दा ओखलढुंगाका भूकम्पपीडितसम्म उनीहरू लाभग्राही सूचीमा परेको सूचना पुगेको छैन।

समन्वय नहुँदा भूकम्पपीडित मारमा

खिजिदेम्बा गाउँपालिका–४ खिजिकातीका लालप्रसाद घिमिरेको घर २०७२ वैशाख १२ मा आएको विनाशकारी महाभूकम्पमा परी बस्नै नहुने गरी क्षति भयो। भूकम्पमा घर पूर्ण क्षतिमा परे पनि उनी राहत पाउने सूचीमा परेनन्। पहिलो पटक लाभग्राहीको सूचीमा नपरेका घिमिरेले गुनासो फारम भरे। तर त्यसपछि पनि लाभग्राहीको सूचीमा उनको नाम परेन।

भूकम्पपीडितद्वारा प्राधिकरणविरुद्ध मुद्दा

सरकारले घर बनाउन अनुदान नदिएको भन्दै जिल्लाका एक हजार तीन घरधुरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविरुद्ध मुद्दा दर्ता गराएका छन्। पटकपटक गुनासोमा निवेदन दिए पनि भूकम्पपछिको आवास पुनर्निर्माणमा अनुदान पाउनयोग्य नभएको भन्दै उजुरी हालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्