संविधानको अनुसूची, निसान छाप, पाठ्क्रमसहित सबैमा नयाँ नक्सा अद्यावधिक गरिने
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले लिम्पियाधुरा, लिपुलेक, कालापानीसमेत समेटेर नयाँ नक्सा स्वीकृत गरेको जानकारी दिए ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले लिम्पियाधुरा, लिपुलेक, कालापानीसमेत समेटेर नयाँ नक्सा स्वीकृत गरेको जानकारी दिए ।
फालेलुङ गाउँपालिकाको आहाल भन्ने ठाँउमा निर्माण गर्न खोजिएको संग्रहालय भवन निर्माणमा भारतीय सुरक्षाकर्मीले रोकेपछि माहोल केही तातिएको छ । नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको भन्दै चासो र चिन्ता बढेको देखिन्छ ।
यतिबेला कोरोनाको कहर कम भएर नेपाली भूमि भारतीय पक्षले मिचेर उपयोग गरेको प्रसङ्गले सडक र सदन तातेको छ। देशभर भारतको यस्तो हर्कतको विरोधमा आवाज उठ्न थालेका छन्।
यदि कुनै व्यक्ति सच्चा नागरिक हो भने आफ्नो देशको माटोमा छिमेकीले छिस्रिक्क खोस्रँदा पनि उसको मुुटु चसक्क गर्छ । उसका लागि त्योभन्दा ठूलो दुःख केही हुन्न । अहिले भारतले नेपाली भूमि मिचेर सडक खनेपछि आम नेपाली नागरिकको मन कुँडिएको छ । नेपाली मनहरू भारतले सीमा मिच्दा दुखेका छन् । लकडाउनको बेला भारतविरुद्ध प्रतिवाद गर्न युवा अभियन्ता जागेका छन् ।
झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो ।
आजको जस्तो मौन वा मूक कूटनीति अपर्याप्त भयो । आजको आँखाले बोल्ने, कानले हेर्ने, नाकले खाने, मुखले सुँघ्ने, ह्याकुल्लाले पेल्ने कूटनीतिले काम गरेन ।
सीमा विवादको भ्याक्सिन भनेको पक्की बारबन्देज वा सीमा पर्खाल नै हो । यो खर्चको हिसाबले महँगो तर सधैँको झगडा र पीडाभन्दा धेरै सस्तो पर्दछ ।
स्थानीय कबुलियती वन समूहमार्फत पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित आहाल भन्ने ठाउँमा निर्माण गर्न थालिएको पर्यटकीय संग्रहालयको भवन निर्माण भारतीय सुरक्षाकर्मी रोकिदिएको छन् । सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्तीसमेत गर्न थालेको छ ।
राष्ट्रियसभा सांसद मृगेन्द्र कुमार सिंहले दौरा सुरवाल र टोपी लगाउनेहरुले भारतसँग राष्ट्रघाती सम्झौताहरु गरेको आरोप लगाएका छन्। भारतले नेपाली भूमि मिचेको विषयमा सरकारलाई पूर्व जानकारी रहेको उल्लेख गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नेपाल भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन्। सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिहरुले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन्।
विश्वकै प्रथम आर्थिक महशक्तिको स्थान ओगट्न एक÷डेढ दशक मात्र बाँकी रहेको चीन आफ्ना भरपर्दा मित्रहरूको पहिचान गर्न विशेष अभ्यासमा लाग्नुपर्ने अवस्थामा छ।
भारतले नेपालको भूभाग लिपुलेक हुँदै चीनको सीमासम्म कैलाश मानसरोवर सडक निर्माण गरेको छ। उक्त सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरे।