१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विद्यार्थीलाई संसदीय गतिविधिबारे ज्ञान

नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेसनले वनस्पतिविद् प्रयागराज पाण्डेको शतवार्षिकीका अवसरमा विभिन्न कलेजका विद्यार्थीलाई नेपालको संसदीय व्यवस्था र संसद् गतिविधिबारे जानकारी दिन ‘मक पारल्यामेन्ट’ सेसन सञ्चालन गरेको छ।

मलेसिया रोजगारीका विसंगति

डेढ वर्ष अघिदेखि बन्द मलेसिया रोजगारी पुनः खुलेको छ। नेपाल र मलेसियाबीच भएको नयाँ श्रम सम्झौताअन्तर्गत अब मलेसिया जाने कामदारले पहिलेजस्तो म्यानपावर व्यवसायी र रोजगारदाता कम्पनीबाट ठगिनुनपर्ने विश्वास नेपाल सरकारको छ। कार्यान्वयन पक्षमा देखिने चुनौती र जटिलता सामना गर्न सक्ने हो भने नेपाली श्रमिकको हितमा यो नयाँ श्रम सम्झौता कोसेढुंगा साबित हुन सक्ला। तर मलेसिया रोजगारीमा जोडिएका सबै समस्या यो श्रम सम्झौताले सम्बोधन गर्न भने सक्दैन। जसको सुधारका लागि नेपाल पक्षले आगामी दिनमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

संगठित अपराध मुख्य चुनौती

आन्तरिक सशस्त्र गतिविधि, संगठित र सीमापार अपराध प्रदेशको मुख्य सुरक्षा चुनौती रहेको निष्कर्ष सुरक्षा प्रमुखहरूले निकालेका छन्। विराटनगरमा आइतबार सम्पन्न दुई दिने गोष्ठीका क्रममा सुरक्षा र प्रशासन प्रमुखहरू यस्तो निष्कर्षमा पुगेका हुन्।

अमेरिका, चीन र भारतबीच फाटो ल्याउने सैन्य गतिविधि स्वीकार्य छैनः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन्।

न गति न मति

पोखराको सौन्दर्य वर्णन गर्दै प्रसिद्ध वैज्ञानिक र अन्वेषक टोनी हागनले नेपालको महिमा गाए। चालीसपल्ट नेपाल आएर १४ हजार किलोमिटर यात्रा गरेको प्रसंग सुनाउँदै उनले भनेका थिए– ‘अद्वितीय र मनोहर छटा, प्राचीन सभ्यता, हजारांै साल पुरानो गौरवमय इतिहास, अनन्त स्वतन्त्रता सबैले पूर्ण छ, नेपाल।’ कवि विलफ्रिड हुन् वा पर्सिभल ल्यान्डन, फ्रान्सिस ह्यामिल्टन हुन् वा ब्रायन हज्सन, इकाई कावागुची, टम लङ्स्टाफ हुन् वा अन्य धेरै विदेशी विद्वान्, ती सबैलाई लोभ्यायो नेपालले। किन होला ? त्यस्तो के छ नेपालमा ?

ऊर्जा उत्पादन परियोजनमा प्रगति

एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ।

पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि रोक्न सांसदको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

त्रिवि भिजन उपलब्धि: उपकुलपति खनियाँ

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताएका छन्।

संसदमा प्रवेश गर्‍यो राजावादीको विषय, कानुनी दायरामा ल्याउन सांसदको माग

राजसंस्थाको पक्षमा भइरहेका अवाञ्छित गतिविधि नियन्त्रणमा ल्याउन सांसदले माग गरेका छन्। बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पदमप्रसाद बाँस्कोटाले राजतन्त्र पुनर्स्थापनाको नाममा भइरहेका अवाञ्छित गतिविधि नियन्त्रणमा लिन माग गरे। उनले राजतन्त्रको पक्षमा गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन पनि माग गरे।

नवदीपको सुखद डेब्यु

तीव्र गतिका बलर नवदीप सायनीले सिनियर टोलीबाट डेब्यु सुखद पार्ने क्रममा १७ रन खर्चिंदै ३ विकेट लिएको दिन शनिबार भारतले पहिलो ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले हराएको छ।

वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति

प्रदेश नं १ मा आर्थिक वर्ष २०७५/७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ। वार्षिक बजेट ३६ अर्ब ४३ करोड १० लाख ४० हजार रूपैयाँमा २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो।

‘टेस्टमा एकदिवसीय मानसिकताको कुनै अर्थ छैन’

अस्ट्रेलियाका तीव्र गतिका बलर जस हाज्लेउडले इङ्ल्यान्डका ओपनर जसन रोयले एकदिवसीय खेलमा देखाएको मानसिकताको टेस्ट क्रिकेटमा कुनै अर्थ नहुने बताएका छन्।

अब सार्वजनिक स्थानमा किस गरे सिधै जेल ! अश्लील शब्द बोल्नेले पनि छुट नपाउने

तपाईहरुले आफ्नो प्रेमिका वा प्रेमीलाई अब सार्वजनिक स्थानमा किस अर्थात चुम्बन गर्नुभयो भने जेल सजाय हुन सक्छ। यो नियम भारतको हो। भारतीय दण्ड संहिता आइपीसीको धारा २९४ अन्तर्गत कुनै पुरुष वा महिलाले सार्वजनिक स्थानमा कुनै पनि प्रकारको अश्लील कार्य गरेमा प्रहरीले नियनत्रणमा लिएर कारवाही गर्ने छ। अश्लील गतिविधी अन्तर्गत किसलाई पनि समावेश गरिएको छ।

प्रगति महिनाको एक प्रतिशत

सरकारले महत्व दिएर निर्माण गरिरहेको कालीगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट–रामपुर–पिपलडाँडा खण्डमा सात महिनामा सात प्रतिशतमात्र भौतिक प्रगति भएको छ।

यस्तो भए अति उत्तम

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ दिन लगातार २२ मन्त्रालयको प्रगति विवरण सुनेर प्रस्ट शब्दमा निर्देशन दिएका छन्– ‘अब तर वा यदि सह्य हुने छैन।’ प्रधानमन्त्रीको यति प्रतिक्रियाबाटै बुझिन्छ– हाम्रो सरकारले राखेका लक्ष्यअनुसार काम किन हुन सकेनन् ? अन्तरमन्त्रालय, विभाग र कार्यालयबीच समन्वय अभाव विकास निर्माणमा सबैभन्दा ठूलो अवरोध हो। कुनै एउटा मन्त्रालय मातहतको आयोजनाले विकासका काम अघि बढाउन खोज्दा अरू मन्त्रालय, विभाग र कार्यालयले त्यही मात्रामा सहयोग पु¥याएको देखिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्