१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

नवदीपको सुखद डेब्यु

फ्लोरिडा – तीव्र गतिका बलर नवदीप सायनीले सिनियर टोलीबाट डेब्यु सुखद पार्ने क्रममा १७ रन खर्चिंदै ३ विकेट लिएको दिन शनिबार भारतले पहिलो ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले हराएको छ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको ९६ रनको लक्ष्य भारतले १७.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो। भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक २४ तथा  कप्तान विराट कोहली र मनीष पाण्डेले समान १९ रनको योगदान गरे। शर्माले २५ बलमा समान २ चौका र छक्का प्रहार गर्दा कोहलीले २९ बलमा १ चौका तथा मनीषले १४ बलमा १ चौका प्रहार गरे। रवीन्द्र जडेजाको नाममा १० रन रह्यो।

९६ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४ रन जोड्दा ओपनर शिखर धवनलाई गुमाएको थियो। सातांै ओभरमा ३२ रन जोड्दा अर्का ओपनर शर्मा र ऋषभ पन्तलाई गुमाएपछि भारत दबाबमा परेको थियो। सातांै ओभरको तेस्रो बलमा शर्मालाई किरन पोलार्डबाट क्याच गराएका सुनील नारिनले चौथो बलमा पन्तलाई सेल्डन कोटरेलबाट क्याच गराएका थिए। चौथो विकेटका लागि कोहली र मनीषले ३२ रनको साझेदारी गरेपछि भारतको इनिङ उकासिएको थियो।

वेस्ट इन्डिजका नारिन, किमो पाउल र कोटरेलले समान २ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन मात्र जोडन सक्यो। वेस्ट इन्डिजका निकोलस पुरन र पोलार्डले मात्र दोहोरो अंक छुन सके भने अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। पोलार्ड र पुरनले क्रमशः ४९ र २० रन जोडे। पोलार्डले ४९ बलमा २ चौका र ४ छक्का प्रहार गर्दा पुरनले १६ बलमा १ चौका र २ छक्का प्रहार गरे।

 

 

 

प्रकाशित: २० श्रावण २०७६ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App