२० पुस २०८१ शनिबार
image/svg+xml

साहित्यकार तथा पत्रकार पराजुलीको अन्त्येष्टि

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको अन्त्येष्टि गरिएको छ ।निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएका पराजुलीको साँझ पशुपति आर्यघाटमा अन्येष्टि गरिएको हो । कथा, उपन्यास र कविता तीन वटै विधामा कलम चलाएका पराजुलीलाई उनका छोराले दागबत्ती दिएका थिए।

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको बीएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान निधन भएको छ।

विपी साहित्य महोत्सव आजदेखि

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ।

डा बिमल विपी साहित्य सम्मानबाट सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि प्रदान गर्ने विपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमललाई पुरस्कृत गरेका छन। सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।

‘विपी साहित्य महोत्सव’ तयारी समितिमा नाम राखेकोमा युनियन अध्यक्ष लम्सालको आपत्ति

नेपाली साहित्यको प्रवद्र्धन गर्न नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्म जयन्तीको अवसरमा भदौ २४ देखि २५ गतेसम्म ‘विपी साहित्य महोत्सव–२०८०, मनाउने कार्यक्रमको प्रेस युनियनले स्वागतयोग्य भएको बताएको छ।

तीन स्रष्टाका तीन कृति विमोचन

साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा.डा. सृजना श्रेष्ठ र प्रा.डा. सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ। साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आज विमोचन गरेका हुन।

बिपीको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्छ :अर्थमन्त्री डा महत

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन्।

मैथिली साहित्य परिषद्को अध्यक्षमा झा निर्वाचित

मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित भएका छन्।शनिवार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव ,सहसचिवमा ललिता झा र कोषाध्यक्षमा शोभिता दास चयन भएको निर्वाचन समितिले जनाएको छ।

देशभरका कवि, साहित्यकार दमौलीमा

भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरिएको छ।

दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन हुने

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ। साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो।

काठमाडौँ स्कुल अफ लद्वारा भाषा, साहित्य तथा संस्कृति मेला–२०८० सम्पन्न

अनुसन्धानमूलक कानूनी शिक्षा अध्ययन–अध्यापन गराउने क्याम्पस काठमाडौँ स्कुल अफ लले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ।‘

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ।प्रथम लेखक दिवसकाअवसरमा आज आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका हुन्।

साहित्य सन्ध्यालाई यस वर्षको हेमराज पहारी पुरस्कार

हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्