३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘विपी साहित्य महोत्सव’ तयारी समितिमा नाम राखेकोमा युनियन अध्यक्ष लम्सालको आपत्ति

 नेपाली साहित्यको प्रवद्र्धन गर्न नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्म जयन्तीको अवसरमा भदौ २४ देखि २५ गतेसम्म ‘विपी साहित्य महोत्सव–२०८०, मनाउने कार्यक्रमको प्रेस युनियनले स्वागतयोग्य भएको बताएको छ।

 प्रेस युनियनका अध्यक्षले शिव लम्सालले  जारी गरेको विज्ञप्तिमा महोत्सवले बिपीद्वारा नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरण तथा प्रोत्साहित गरेको उल्लेख छ। त्यसैगरी महोत्सव सम्पन्न गर्ने सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय समितिले गठन गरेको महोत्सव तयारी समितिप्रति भने नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ अध्यक्ष लम्सालले बताएका छन्। महोत्सव सम्पन्न गर्न दोस्रो चरणमा समिति बिस्तार गर्दा सरसल्लाह नै नगरी प्रेस युनियनको अध्यक्ष शिव लम्सालको समेत नाम राखेर प्रकाशन गरिएको प्रति अध्यक्ष लम्सालले असहमति जनाएका हु । 

प्रकाशित: २० भाद्र २०८० १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App