२७ पुस २०८१ शनिबार
image/svg+xml

साहित्यिक युगका निर्माणकर्ता

नेपाली तथा नेपाल भाषाका महान् स्रष्टा एवम् नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको जन्म १९६९ जेठ ९ गते मंगलबार शुक्लपञ्चमीका दिन ओखलढुंगामा भएको थियो। उनका पिताको नाम विष्णुचरण र माताको नाम नीरकुमारी हो। उनको ११ वर्षसम्मको बाल्यजीवन ओखलढुंगामै बित्यो र त्यसपछि मातापिताका साथ उनी काठमाडौँ आएर पैतृक घर ओमबहालमा बस्न थाले।

शृंगारमा अल्झिएको साहित्य

उन्नाइसौं शताब्दीबाट सुरु भएको नेपाली साहित्य आधुनिक कालसम्म प्रवेश गर्दा धेरै आयाम थपिए। यस अवधिमा साहित्यले आफ्नो क्षेत्रलाई थप फराकिलो बनायो। र प्रत्यक्ष होस् वा अप्रत्यक्ष समाजका विविध पक्षलाई डो-यायो पनि। समाजलाई परिवर्तनको संघारसम्म ल्याइदियो। फरक–फरक समुदायबाट प्रतिनिधिमूलक लेखक जन्मायो। आमनागरिक तहमा साहित्यिक चेतना भ-यो।

साहित्यको टेकोमा पर्यटन

साहित्यमा मनका भावना, प्राकृतिक छटा, संस्कृतिका विम्ब र जीवनका रंगहरू समेटिन्छ। पर्यटनका मुख्य आकर्षक तत्व पनि प्रकृति, इतिहास, संस्कृति र जीवनशैली नै हुन्। त्यसैले साहित्यमार्फत् पर्यटन प्रवर्धन गर्न सकिन्छ। कला/साहित्यको बलमा पर्यटकीय संभावना भएका गन्तव्यहरू चम्कन सक्छन्।

साहित्यकार बसन्तकुमार शर्म्माको निधन

साहित्यकार बसन्तकुमार शर्म्मा ‘नेपाल’को निधन भएको छ। शर्म्माको शनिबार दिउँसो २ बजे चाबहिलस्थित आफ्नै निवासमा ९७ वर्षको उमेरमा निधन भएको उनका छोरा विनयकुमार नेपालले नागरिक न्यूजलाई जानकारी दिए।

अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै लेखक–साहित्यकार आन्दोलनमा

पछिल्लो समय राज्य तहबाटै अभिव्यक्ति स्वतन्त्रताका घटना बढ्न थालेको भन्दै त्यसको विरोधमा साहित्यकार र लेखकहरू विभिन्न ढंगले लागिपरेका छन्।

जोशीको प्रतिमा अनावरण

खिलशर्म–राजीवलोचन जोशी स्मारक प्रतिष्ठानको आयोजनामा कपिलबस्तुको कपिलधाम साहित्य चौतारीको प्राङ्गणमा कवि शिरोमणि राजीवलोचन जोशीको प्रतिमा स्थापना गरिएको छ। प्रतिमाको पूर्वमन्त्री तथा काँग्रेस नेता दीपकुमार उपाध्यायले हालै अनावरण गरे।

काङमाङको ‘एघार नोभेम्बर’

युद्ध साहित्यका प्रवर्तक काङमाङ नरेश राईले युद्धकथा संग्रह ‘एघार नोभेम्बर’ पाठकमाझ ल्याएका छन्। विश्वमा गोर्खाली गौरव र नेपाली समाजमा लाहुरेहरू सानका पात्रका रूपमा हेरिने वा देखिने गरेता पनि ब्रिटिस गोर्खा सेनाहरूको वास्तविकता चाहिँ कस्तो थियो र रहेको छ ? भन्ने विषयलाई राईले कृतिमा केन्द्रीत गरेका छन्।

२३ कवि एकै मञ्चमा

विभिन्न पुस्ताका २३ कवि शुक्रबार एउटै मञ्चमा उभिएँ। स्रस्टा प्रतिष्ठान नेपाल (सप्रने)को आयोजनामा ती कवि आआफ्ना कविता सुनाउँदै थिए।

‘शरीर र मनले साथ दिँदासम्म कामको अठोट’

नेपाली साहित्य क्षेत्रमा डा. राजेन्द्र विमल सुपरिचित नाम हो। सामाजिक, दार्शनिक, सांस्कृतिक, भाषा, राजनीतिक र पर्यावरण लगायत साहित्य क्षेत्रमा अनवरत रुपमा कलम चलाउँदै आएका डा. विमलले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा स्थापित करिब सबै ठूला सम्मान प्राप्त गरिसकेका छन्।

देउमाइमा साहित्य उत्सव

इलामको देउमाइस्थित मंगलबारे बजारमा आगामी चैत २३ र २४ गते ‘साहित्य तथा पर्यटन महोत्सव’ हुने भएको छ। समाजका लागि युवा संस्थाले पहिलो पटक आयोजना गर्न लागेको महोत्सवमा साहित्य, कला, पर्यटन, संस्कृति, राजनीतिलगायतका विषयमा विमर्श हुने आयोजकले जनाएका छन्।

स्रष्टालाई बासु शशी सम्मान

वासु शशी स्मृति परिषद्को २५औ रजत जयन्ती अवसर पारेर पाँच स्रष्टालाई ‘बासु शशी साहित्य सम्मान २०७५’ प्रदान गरिएको छ।

राजेन्द्रको ‘फिर्ता चाहियो’

साहित्यकार तथा गीतकार राजेन्द्र थापाद्वारा लिखित कथासंग्रह ‘फिर्ता चाहियो’ सार्वजनिक भएको छ। राजधानीमा जारी पुस्तक मेलामा साहित्यकार वैरागी काइँला,साहित्यकार यादव खरेल, गीतकार एसपी (शंकरप्रसाद) कोइराला, पत्रकार तथा कवि बसन्त बस्नेत, साहित्यकार हरिमाया भेटवाल, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल र पुस्तकका लेखक राजेन्द्र थापाले कथासंग्रह सार्वजनिक गरे।

इलाम– पाँचथर सिमानामा बहुसंस्कृति उत्सव

चैतको महिना भएपनि पाँचथर र इलामको सिमाना राँके बजारलाई चिसो र कुहिरोले पिरोल्छ। यस्तै मौसमको विशेषतालाई छिचोल्दै राँकेमा शनिवार दिउँसो बहु– सांस्कृतिक र्‍याली निस्कियो। त्यहाँ नारा थिएन। तर बहु–संस्कृतिको चेहरा झल्कियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्