१५ वैशाख २०८१ शनिबार
image/svg+xml

रेडपाण्डा जोगाउँने प्रयासमा स्थानीय सरकार

पाँचथरका रेडपाण्डा पाइने क्षेत्रमा संरक्षणको सचेतना जगाउनका लागि स्थानीय सरकारले कार्यक्रमहरू अघि बढाएका छन्।

रेडपाण्डा संरक्षणमा जुटे शिक्षक, विद्यार्थी

सिजा गाउँपालिका–२ आधारभुत विद्यालयका छात्र विनोद शर्मा पछिल्लो समयमा रेडपाण्डाको बढ्दो चोरी तस्करीले निकै चिन्तित छन्। गाउँ नजिकैको निगाली जंगलमा देखिदै आएको रेडपाण्डा देखिन छोडेपछि उनी रेडपाण्डाको संरक्षणमा जुटेका हुन्। उनले विद्यार्थी र शिक्षकहरुलाई विश्वको दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षण अभियानमा जुट्नको लागि आह्वान गरे।

दुर्लभ रेडपाण्डाको बासस्थान वरपर कुकुर प्रवेशमा रोक

जिल्ला वन कार्यालय ताप्लेजुङले रेडपाण्डा जोगाउने हो भने रेडापाण्डाको घना बासस्थान रहेको क्षेत्रमा कुकुर पस्न नदिनु नै उत्तम विकल्प हुने औंल्याएको छ।

रेडपाण्डा संरक्षण गर्न ६८ लाख खर्च गरिने

दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा रु ६८ लाख खर्च गरिने भएको छ। यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले रु ६८ लाख ४६ हजार ३०० बजेट छुट्याएको हो।

रेडपाण्डा पढ्दै नानीहरु

रेड पाण्डा पाइने क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले रेड पाण्डा तथा पर्यावरण सरक्षणसम्बन्धी ज्ञान हाँसिल गर्दै छन्। संकटापन्न बन्यजन्तुको रुपमा रहेको रेडपाण्डा संरक्षणबारे समुदाय स्तरमा सचेतना जगाउने हेतुले विद्यार्थीहरुलाई सचेत गराइँदैछ।

रेडपाण्डाको छालासहित पक्राउ

दुर्लभ रेडपाण्डाको छालासहित दाङमा एक व्यक्ति पक्राउ परेका छन्। शुक्रबार बेलुका रेडपाण्डाको छाला बिक्रीका लागि लुकाएर लैजाँदै गरेको अवस्थामा रोल्पा मिरुल १ का दीपक बुढामगरलाई क्षेत्रीय प्रहरी अनुसन्धान नेपालगन्जको टोलीले भालुवाङबाट नियन्त्रणमा लिएको हो।

रेडपाण्डाको छाला सहित पक्राउ

काठमाडौँ- जडिबुटीबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको २ थान छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको हो।

दुर्लभ रेडपाण्डाको छाला सहित सिंह पक्राउ

कोहलपुर- दुर्लभ रेडपाण्डाको छालासहित कोहलपुरका एक व्यक्ति पक्राउ परेका छन्। रेडपाण्डाको छालासहित जाजरकोट गर्खाकोट–५ को २२ बर्षीय सुदिप सिंह पक्राउ परेका हुन्। कोहलपुर–१२ स्थित एक होटलमा छालासहित सिँह पक्राउ परेका हुन्।

रेडपाण्डाको ९ थान छालासहित ४ जना पक्राउ

काठमाडौं– दुर्लभ वन्यजन्तु रेडपाण्डाको ९ थान छालासहित ४ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिका–१४ कपनस्थित जीवन गुरुङको कोठामा एक थानको ५ लाख ५० हजार रुपैयाँका दरले बिक्री गर्ने उद्देश्यले राखेको अवस्थामा उक्त छालासहित ४ पक्राउ परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

रेडपाण्डाको गतिविधि अध्ययन गर्न मोबाइल एप

पाँचथर– लोपोन्मुख वन्यजन्तूको रुपमा रहेको रेडपाण्डाको अवस्था अध्ययनका लागि मोबाइल एप्लिकेशनको प्रयोग गरिने भएको छ। रेड पाण्डा पाइने मेची अञ्चलका पहाडी जिल्ला पाँचथर, इलाम, ताप्लेजुङ(पिआईटी) क्षेत्रमा मोबाइल एप्लिकेशनबाट जानकारी लिने गरी योजना अघि बढाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्