२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रेडपाण्डाको छालासहित पक्राउ

रेडपाण्डाको छालासहित पक्राउ परेका दीपक बुढा

दाङ– दुर्लभ रेडपाण्डाको छालासहित दाङमा एक व्यक्ति पक्राउ परेका छन्। शुक्रबार बेलुका रेडपाण्डाको छाला बिक्रीका लागि लुकाएर लैजाँदै गरेको अवस्थामा रोल्पा मिरुल १ का दीपक बुढामगरलाई क्षेत्रीय प्रहरी अनुसन्धान नेपालगन्जको टोलीले भालुवाङबाट नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय भालुवाङका सई महेन्द्रबहादुर थापाका अनुसार पक्राउ परेका बुढा रेडपाण्डाको छाला बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो। पक्राउ परेका बुढाले आफूलाई अर्कै व्यक्तिले उक्त छाला थमाइदिएको र आफूले उक्त व्यक्तिलाई नचिन्ने प्रहरी समक्ष बयान दिएका छन्।

उनलाई भरीयाका रुपमा प्रयोग गरेर यसका कारोवारीहरुले बाहिर लैजान खोजको हुन सक्ने प्रहरी अनुमान छ। तर, बुढा यसअघि पनि वन्यजन्तुको छाला तस्करीमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ। बुढालाई जिल्ला वन कार्यालयमा बुझाइएको जिनाएको छ।  
 

प्रकाशित: १३ कार्तिक २०७३ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App