७ वैशाख २०८१ शुक्रबार
समाज

रेडपाण्डा पढ्दै नानीहरु

पाँचथर—रेड पाण्डा पाइने क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले रेड पाण्डा तथा पर्यावरण सरक्षणसम्बन्धी ज्ञान हाँसिल गर्दै छन्। संकटापन्न बन्यजन्तुको रुपमा रहेको रेडपाण्डा संरक्षणबारे समुदाय स्तरमा सचेतना जगाउने हेतुले विद्यार्थीहरुलाई सचेत गराइँदैछ।

रेडपण्डा पाइने पूर्वका पाँचथर, इलाम र ताप्लेजुङ विद्यालयका विद्यार्थीहरु संरक्षण शिक्षा हासिल गरीरहेका हुन्। समुदायमा आधारित रेडपाण्डा संरक्षणको पिआईटी करिडरका २८ विद्यालयका विद्यार्थीहरुले रेडपाण्डाबारे शिक्षा, सचेतना र क्रियाकलापमा सहभागी छन्। रेडपाण्डा पाइने क्षेत्रका विद्यालयमा यस्तो शिक्षाको प्रबन्ध गरिएको हो।  विभिन्न विद्यालयमा रेडपाण्डाको कोर्स तयार गरी पठनपाठन हुन्छ। विद्यार्थीहरुको रुट एण्ड सुट ग्रुप बनाएर भित्ते पत्रिका प्रकाशन, इको ट्रिप, अतिरिक्त क्रियाकलाप सञ्चालन भइरहेका छन्। शिक्षकहरुलाई तामिल समेत दिइएको छ। विद्यालयलाई रेडपाण्डा नेटवर्कले सहयोग गरेको छ। समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम अन्तर्गत तीन जिल्लाका विद्यालयमा विद्यार्थीहरुलाई सेचत गराइएको हो।

‘रेडपाण्डा संरक्षणका लागि जैविक विविधताको संरक्षण, वन प्रतिको स्थानिय निर्भरता कम गर्नु, वन जोगाउने, चोरी निकासि रोक्ने जस्ता काम गर्नु आवश्यक छ। रेडपाण्डा संख्याको हिसावले र मेचीका पहाडी जिल्लाको पहिचानको लागि पनि जोगाउन आवश्यक छ’ संयोजक  लामा भन्छिन् ‘शिक्षकमार्फत विद्यार्थी र विद्यार्थीमार्फत अभिभावकामा सचेतना पुर्‍याउने योजना छ।'

तीनवटा विद्यालयमा कोर्स निर्माण गरी कक्षा लिईन थालिएको छ। कक्षा ६ र ७ तीन जिल्लाका एक–एकबटा विद्यालयमा एक सय पूर्णाङ्कको रुपमा स्थानीय पाठ्यक्रम बनाइ रेडपाण्डा पठनपाठन गराइँदैछ। रेडपाण्डा नेटवर्ककी संरक्षण संयोजक पेमा सेर्पाका अनुसार शिक्षक, शिक्षा कार्यालय र अन्य सरोकारवालाहरुको सँगको सहकार्यक्रम निमार्ण गरिको पाठ्यक्रम पाईलोटिङको रुपमा तीन विद्यालयमा सञ्चालनमा ल्याइएको छ। पाँचथरको छिरुवा आधारभुत विद्यालय, इलामको राष्ट्रिय आधारभुत विद्यालय र माहम आधारभुत विद्यालय ताप्लेजुङमा पढाइ हुन्छ। अनिल अधिकारीले पाठ्यक्रम तयार गरेका थिए।

चालू शैक्षिक सत्रमा लागू भएको छ। आगामी दिनमा सवै विद्यालयमा पु¥याउने योजना रहेको जानकारी गराइएको छ। यी विद्यालयका शिक्षकहरुलाई तालिम दिईएको छ। अरु विद्यालयमा पाठ्यक्रम लागू नभए पनि रेडपण्डा संरक्षणा, वन वातावरण संरक्षण, दीर्घकालीन असरबारे जानकारी कक्षा सञ्चालन हुन्छ। संरक्षणका क्रियाकलाप, पठनपाठन सञ्चालनका लागि नेटवर्कले केही वर्षका लागि विद्यालयलाई आर्थिक सहयोग गर्ने सेर्पाले जानकारी दिइन्।

तल्लो तहबाटै सरक्षणा शिक्षा प्रभावकारी गर्ने भन्दै विद्यालयमा संरक्षणका क्रियाकलाप सञ्चालन हुन्छन्। वर्षमा एक पटक इको ट्रिप, दुईवटा भित्ते पत्रिका प्रकाशन र रेडपाण्डा दिवसमा अतिरिक्ति क्रियाकलाप सञ्चालन हुने गर्छन्। घरपरिवारसम्म सचेतना बढाउनका लागि यसले टेवा पुग्ने कार्यक्रमको साझेदार दिपज्योती युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तवा बताउँछन्।

विद्यार्थीहरुले वन, वातारण र संरक्षणका विषयलाई चाख मान्ने गरेको उनको बुझाई छ। विद्यालयका शिक्षकहरुलाई रेडपाण्डाको महत्व, पहिचान, वासस्थान लगायतका सिप तथा जैविक विविधता बारे सचेतनाका लागि आधाभुत सिप दिलाएर प्रशिक्षकको रुपमा अघि सारिएको छ। ‘रेडपाण्डा संरक्षणका लागि जैविक विविधताको संरक्षण, वन प्रतिको स्थानिय निर्भरता कम गर्नु, वन जोगाउने, चोरी निकासि रोक्ने जस्ता काम गर्नु आवश्यक छ। रेडपाण्डा संख्याको हिसावले र मेचीका पहाडी जिल्लाको पहिचानको लागि पनि जोगाउन आवश्यक छ’ संयोजक  लामा भन्छिन् ‘शिक्षकमार्फत विद्यार्थी र विद्यार्थीमार्फत अभिभावकामा सचेतना पुर्‍याउने योजना छ।'

विद्यार्थी आफै सचेत हुन्छन, घरघरमा पु¥याउछन भन्ने योजना हो ।’ गाँउमा रेडपाण्डाको वारे चर्चा तथा संरक्षणको काम चलिरहेकाले शिक्षक, विद्यार्थी र समुदाय स्तरमा रुचिपुर्ण रुपले लिइएको पाईन्छ ।

उच्च पहाडी क्षेत्रमा पाईने संकटापुर्ण वन्य जन्तुको रुपमा रेडपाण्डा रहेको छ । लाजालु जातको पाण्डा थोरै संख्यामा छ । यसको संरक्षणका लागि समुदायमा आधारीत कार्यक्रमहरु सञ्चालन भईरहेको छ ।

प्रकाशित: २२ आश्विन २०७४ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App