होटल संघ गण्डकीको नयाँ कमिटी
होटल संघ नेपाल (हान) गण्डकीको नयाँ कार्यसमिति गठन गरिएको छ। संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन्।
होटल संघ नेपाल (हान) गण्डकीको नयाँ कार्यसमिति गठन गरिएको छ। संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन्।
सिटिजन्स बैंक र र्याडिसन होटल बीच सिटिजन्स बैंकका कार्ड वाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ। यहाँका अधिकारीहरुले सो होटलमा भएको विस्फोटमा परेर मंगलबार थप १२ जनाको ज्यान गएको बताएका छन्।
सुरक्षाका हिसाबले समेत अलि बढी संवेदनशील मानिएको यहाँ मतपत्र होटलका कोठा कोठामा छन्। मुख्य निर्वाचन कार्यालयले चुनावका लागि खटिने कर्मचारीलाई मतपत्र दिदै प्रमुख जिल्ला अधिकारीकोमा पठाएको थियो।
कोभिडको पहिलो, दोश्रो र तेश्रो लहरका कारण सुनसान बनेको लेकसाइडमा अहिले पर्यटकहरूको चहलपहल बाक्लिन थालेको छ।
कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोलेनन्। त्यसपछि कोषले गेटको बाहिरबाट पनि ताला लगाएर त्यहाँ सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मी खटाएर गेटमा सूचना टाँसेर हिँडेको थियो। पदाधिकारी हिँडेपछि होटल व्यवस्थापनले कोषले लगाएको ताला खोल्न खोजेपछि झडपको स्थितिसमेत देखिएको थियो।
महोत्सव हुने दुई दिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुईवटा ठूला स्टेज बनाइनेछ। जहाँ हरेक दिन दिउँसो लोकदोहोरी, हास्यव्यंग्य, नृत्य र लाइभ पप कन्सर्ट आयोजना हुनेछन्। यसअघि एउटा मात्रै स्टेजमा हुने गरेको कार्यक्रम यस वर्ष दुई स्टेजमा हुने अध्यक्ष सुवेदीले बताए।
धर्मशालामा होटल सञ्चालनका विषयमा भएको सम्झौता अनुसारका होटेल आनन्द प्रालिले पालना नगरेको हुँदा सम्झौता रद्द गरिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ। कोषले पटक–पटक आनन्द प्रालि सञ्चालनबारे भएको सम्झौताको आधिकारिक पत्र होटल व्यवस्थापन पक्षलाई बुझाउन खोजे पनि बतास समूहले भने पत्र बुझ्न मानेको छैन्।
सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी गराउन ल्याएको बिदा कार्यान्वयन भए आन्तरिक पर्यटन चलायमान हुने र त्यसले व्यवसायी र सरकार दुवैलाई फाइदा हुने व्यवसायी बताउँछन्।
पोखराको बजार क्षेत्रका व्यावसायीहरूले लेकसाइडमा जस्तै बजार क्षेत्रमा पनि रात्रिकालीन व्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन्।
सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा सो इजाजत रद्द गरिएको हो।
पोखराका ठूला होटलले अहिले क्रिसमस र अंग्रेजी नयाँवर्ष लक्षित आकर्षक र केही सस्ता कार्यक्रम ल्याएका छन्। कोरोना संक्रमणको त्रासले विदेशी पर्यटक आउन नपाएको बेला आन्तरिक पाहुनालाई पोखरा बोलाउने गरि यहाँका होटलले सस्तो प्याकेज ल्याएका छन्।
खाद्यवस्तु, इन्धनलगायतको बजारभाउ बढेको जनाउँदै यहाँका रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन्।
कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा झन्डै दुई वर्षदेखि विदेशी पाहुना देख्न नपाएका पर्यटन व्यवसायीका लागि पछिल्लो समय आन्तरिक पर्यटकले राहत दिएको विद्यार्थी र परीक्षार्थीको घुमघामले पुष्टि गर्ने सुवेदी बताउँछन्।
१५ दिनको अवधिमा आयोगले लिएको विभिन्न परीक्षामा सहभागि हुन १ लाख ५ हजार विद्यार्थी पोखरा आएका छन्। परीक्षार्थीसँगै उनीहरुका अभिभावक र परिवारका अन्य सदस्य पनि पोखरा आएका छन्। त्यो आधारमा पोखरा आउनेको संख्या झन्डै डेढ लाख छ। पोखरा आएका ती विद्यार्थी कम्तिमा एकरात यहाँका होटलमा बास बसेका छन्।