coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बतास समूहले पाएको अल्पकालीन आदेश लम्बियो

पशुपति क्षेत्र विकास कोष र नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँगको करार सम्झौता बारे सोमबार हुने भनिएको छलफल चैत २७ गतेलाई सारिएको छ। बतास समूह अर्थात् आनन्द होटेल प्रालिले कोषको करार भङ्ग गर्ने निर्णयविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञा माग गरेर रिट दायर गरेको थियो।

उक्त आदेश अनुसार सोमबार दुबैपक्षबीच छलफल गर्ने तयारी गरिएको भए पनि बतास समूहले उक्त अल्पकालीन आदेशलाई लम्ब्याउँदै चैत २७ गतेलाई सार्न आग्रह गरेको हो। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकको निर्णय अनुसार बतास समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णयसहितको सूचना सोमबार सार्वजनिक गरिसकेको छ।

धर्मशालामा होटल सञ्चालनका विषयमा भएको सम्झौता अनुसारका होटेल आनन्द प्रालिले पालना नगरेको हुँदा सम्झौता रद्द गरिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ। कोषले पटक–पटक आनन्द प्रालि सञ्चालनबारे भएको सम्झौताको आधिकारिक पत्र होटल व्यवस्थापन पक्षलाई बुझाउन खोजे पनि बतास समूहले भने पत्र बुझ्न मानेको छैन्।

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मशाला खाली गर्न गरेको ईमेलको कुनै जवाफ आएको छैन्। बतास समूहले न्यायाधीश परिवर्तन गरिपाउँ भनेरसमेत अदालतसमक्ष आग्रह गरेको छ। यसअघि न्यायाधीश सुभाष पौडेलको एकल इजलासले छलफलका लागि बोलाएको थियो।

यता बतास समूहले भने राज्य आतङ्कमार्फत व्यवसायीलाई हतोत्साहित बनाउने काम भइरहेको जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७८ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App