२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

वर्षाका कारण आएको पहिराेले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ।

सुध्रिएनन् राजमार्गका होटल, खाए खाऊ नत्र जाऊ भन्दै थर्काउँछन् उल्टै

केही दिनअघि काठमाडौँबाट धादिङ आउँदै गरेकी युनिशा अधिकारीले कान्तिपुर होटलमा दुई सय तिरेर एक प्लेट मःम मागिन, तर खान सकिनन्। खान मिल्ने नै थिएन। खानीखोलास्थित आरपी कोल्ड स्टोर एण्ड खाजा घरमा भेटिएकी अधिकारीले भनिन्, 'मःम काँटा चम्चाले टिप्नै नमिल्ने थियो। मुखमा हाल्नसक्ने नै थिएन। गुनासो गर्दा होटलवालाले उल्टै थर्काउँदो रहेछ।'

ग्रामीण सडकको बेहाल: अघिअघि डोजर पछाडि गाडी

बर्खामा सधै डोजरअघि लगाएर जिप चल्ने गरेका छन्। पानी पर्दा हिलाम्ये सडकमा गाडी चलाउन सकस हुने गरेको छ। बर्खामा पहिरो पन्छएर गाडी गुडाउनुपर्ने बाध्यता छ।

अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो। सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

त्रिभुवन राजपथमा राति बस चलाउन निषेध

राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौँडामा नै प्रतिक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीका अनुसार वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भइरहेको छ।

आठ घण्टापछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडकखण्ड पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा घाइते दुईको मृत्यु

आज मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका– ४ बस्ने श्याम यादवका छोरा २५ वर्षीय कृष्णा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। यसअघि घटना भएका दिन एउटा मोटरसाइकलका चालक जिल्लाको औरही नगरपालिका– २ बस्ने विनेश यादवका छोरा २४ वर्षीय विवेकको मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्