बिजुली बिल अनलाइनबाटै
अब अनलाइनबाटै बिजुली बिल तिर्न सकिने भएको छ। अनलाइन सेवाको शुभारम्भ सोमबार ऊर्जामन्त्री महेन्›बहादुर शाहीले गरे। पहिलो चरणमा काठमाडौं उपत्यकाका ग्राहकले मात्र यस्तो सुविधा उपभोग गर्न पाउने उनले जानकारी दिए।
अब अनलाइनबाटै बिजुली बिल तिर्न सकिने भएको छ। अनलाइन सेवाको शुभारम्भ सोमबार ऊर्जामन्त्री महेन्›बहादुर शाहीले गरे। पहिलो चरणमा काठमाडौं उपत्यकाका ग्राहकले मात्र यस्तो सुविधा उपभोग गर्न पाउने उनले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन।
एक दशकदेखि डिजिटल पत्रकारितामा सक्रिय कृष्ण ढुंगानालाई वेलायतमा स्थापना गरिएको सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार—२०१७ प्रदान गरिएको छ।
नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ । नेपाल टेलिकमले प्रेस विज्ञप्तिमार्फत अनलाइनबाट डाटा किन्न सकिने सुविधा सुरु गरेको जानकारी गरायो । नेपाल टेलिकमको आधिकारिक वेबसाइटअन्तर्गत अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गरेर डाटा किन्न सकिनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत जेठ ३० गते यमनविरुद्ध हुने खेलको टिकट पहिलो पटक अनलाइनमार्फत विक्री गर्ने भएको छ।
बौद्ध नयाँबस्ती घर भएका सानु लामाले अनलाइनकै माध्यमबाट बुधबार केमु डट कममा गर्मी मौसमका लागि सेतो टिसर्ट माग गरिन्। गोल्डेनगेट कलेजमा बिबिएस अध्यनरत सानुले अर्डर गरेको केही घन्टामा नै आफ्नो रोजाइको टिसर्ट हात पारिन्।
विभिन्न प्रयोजनका लागि विदेशस्थित नेपाली नियोग र काठमाडौंस्थित विदेशी नियोगमा पेस हुने नेपाली कागजात नक्कली वा सक्कली भएको परीक्षण अब अनलाइनबाटै गर्न सकिने छ । सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले वैशाख १ गतेबाट यो सेवा सुरु गरेको हो ।
सञ्चार सम्वद्द संस्थाहरूले सरकारले हालै जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ खारेजिको माग गरेका छन्।
सरकारले हालै जारी गरेको अनलाइन सञ्चारमाध्यम निर्देशिका २०७३ खारेज गर्न नेपाल प्रेस युनियनले माग गरेको छ। प्रेस स्वतन्त्रता कुण्ठित पार्नेगरी ल्याइएको निर्देशिकाले अनलाइन मिडियाको विकासलाई अवरुद्ध पार्ने ठहर युनियनले गरेको छ।
नियमनको आवरणमा नियन्त्रण र हस्तक्षेप गर्ने प्रावधान राखेर सरकारले ’अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ ल्याएको छ। सञ्चारमाध्यम नियमन गर्ने सञ्चारसम्बन्धी ऐन नियम छाडेर सरकारले सुशासन सम्बन्धी ऐनमा टेकेर निर्देशिका ल्याएको हो।
सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ ।
दश वर्षदेखि अनलाइन पत्रकारितामा सक्रिय पत्रकार कृष्ण ढुंगानालाई सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।
अनलाइनका बारेमा सर्वसाधारणलाई जानकारी दिन पोखरा, बुटवल, धरान र ७ गते काठमाडौंमा साइबर सञ्चालक, कोरियन भाषा सिकाउने इन्स्टिच्युट तथा सर्वसाधारणलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम गरिने।
जिल्ला मालपोत कार्यालय कास्कीले शुक्रबारदेखि अनलाइन सेवा शुभारम्भ गरेको छ ।
वैदेशिक रोजगारीमा जान खोज्दै हुनुहुन्छ भने खुशीको खबर छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदाका सबै प्रक्रिया अनलाइनबाट गर्ने व्यवस्था मिलाएको छ। जसले गर्दा वैदेशिक रोजगारीको क्षेत्रमा हुने विकृति घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।