२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

फुटबलको टिकट अनलाइनमा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत जेठ ३० गते यमनविरुद्ध हुने खेलको टिकट पहिलो पटक अनलाइनमार्फत विक्री गर्ने भएको छ।

‘होम एन्ड अवे’ पद्दतिमा जारी छनोट प्रतियोगिताको पहिलो खेलका लागि फिलिपिन्स भ्रमण गर्दा नेपालले ४–१ को नतिजा सुम्पिएको थियो। होम खेलका लागि यमनलाई घरमा निम्त्याएको नेपालले जेठ ३० मा हल्चोकस्थित सशत्र प्रहरी बलको मैदानमा प्रतिस्पर्धा गर्नेछ। प्यारापिट पर्याप्त नभएका कारण एन्फाले सर्वसाधरणका लागि १ हजार रुपैयाँको ७ सय थान टिकट मात्र विक्री गर्ने जनाएको छ।

‘एपिएफ रंगशालामा दर्शक वस्ने स्थानको कमी भएकाले हामीले अनलाइन मार्फत पहिलो पटक टिकट विक्री प्रवन्ध मिलाएका छौं। पहिला आवेदन दिनेले टिकट खरिद गर्न पाउनेछन्,’ एन्फाका महासचिव धिरेन्द्र प्रधानले थपे, ‘एक जना दर्शकले दुई वटा टिकट मात्र लिन पाउछन्।’

एन्फाले अनलाइनमार्फत टिकट विक्री गर्न इसेवासँग २ वर्षका लागि सम्झैता भएको जनाएको छ। अव एन्फाले गर्ने सबै फुटबल प्रतियोगिताको टिकट विक्री प्रबन्ध इसेवाले गर्नेछ। जसमा टिकट रकमको ५ प्रतिशत इसेवाले लिनेछ।

इसेवाका कार्यकारी अधिकृत रोशन लामिछानेले एन्फासँग जोडिन पाउँदा खुशी लागेको बताए। उनले थपे, ‘हामी शनिबार विहान १० बजेबाट अनलाइनमा टिकट उपलब्ध गराउनेछौं। समर्थकहरुले इसेवा भएको पसलमा गएर पनि टिकट किन्न सक्नुहुनेछ।’

छनोट प्रतियोगिता खेल्न यमनको राष्ट्रिय टोली आइतबार नेपाल आउनेछ भने म्याच अफिसियल तथा रेफ्रीहरु शनिबारै आउने एन्फाले जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०७४ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App