१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

अनलाइनबाट गाडी भाडामा लिन ‘सजिलो रेन्टल’

नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइट मार्फत ग्राहकले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीले सजिलै गाडी भाडामा दिन सक्ने बताएको छ।

अनलाइनमार्फत ठगी गर्ने पक्राउ

अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका छन्। उनले भने, ‘नवनिर्मित भवनबाट स्वास्थ्या सेवा प्रवाह गराउन मन्त्रालय सदैव अस्पतालको नजिक रहेर काम गर्ने विश्वास दिलाउन चाहन्छु।’

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा

महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरू परिष्कृत गरी पुनः सञ्चालनमा ल्याएको छ।

अब श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ।

वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।

यातायात सुधार्न सातै प्रदेशका मन्त्रालय तयार

चालक अनुमति पत्र सम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयहरूमा देखिने भीड हटाउन आगामी भदौ महिनादेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागु हुने भएको छ।

म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ

थाइल्याण्ड लैजाने भनी झुक्याई जबर्जस्ती म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई प्रहरीले पक्राउ गरेको छ।

लाइसेन्सका काम अनलाइनबाटै

सरकारले सवारी चालक अनुमतिपत्रको राजस्व भुक्तानीका लागि विद्युतीय सेवा (अनलाइन प्रणाली) यातायात व्यवस्था कार्यालय कास्कीबाट शुभारम्भ गरेको छ ।

पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति

अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

वडाका सिफारिस अनलाइन बाटैदिने तयारी

विराटनगर महानगरपालिकाले वडाबाट गरिने सिफारिसहरू अनलाइनबाटै सेवाग्राहीलाई प्रदान गर्ने तयारी थालेको छ।

अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड

सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन्।

स्थानीय तहबाटै अनलाइन श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन अब स्थानीय तहबाटै हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्