२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सानिमा बैंकद्वारा अनलाइन बैंक ग्यारेन्टी सेवा

सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी सेवाको गरेको छ।

यससँगै ग्राहकले अब बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको लागि अनुरोध गर्न सक्छन्। आवेदकले ग्यारेन्टीको संकलनको लागि इमेलमार्फत सूचना प्राप्त गर्नेछ। इमेल प्राप्त गरेपछि सम्बन्धित व्यक्तिले बैंक ग्यारेन्टी लिन बैंकमा जान सक्नेछन्। आवेदनमा कुनै विसङ्गति भएमा आवेदकलाई समयमै सूचना पठाइने बैंकले जनाएको छ।

यस प्रणालीले ग्राहकलाई छिटो, छरितो र झन्झटमुक्त सेवा प्रदान गर्ने विश्वास बैंकको छ।

प्रकाशित: ११ श्रावण २०८० ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App