११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सांसदको प्रश्नः सरकारले विखण्डनलाई मान्यता दिएको हो? जनमतसंग्रहबारे जवाफ माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य एवं सांसद महेन्द्रराय यादवले जनमतसंग्रहका विषयमा सरकारसँग जवाफ मागेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले स्वतन्त्र मधेस गठबन्धनसँग गरेको सम्झौता सकारात्मक भएपछि त्यसभित्र उल्लेखित कुरा आपत्तिजनक रहेको बताए। ‘के यो सरकारले विखण्डनलाई मान्यता दिएको हो?’ उनले प्रश्न गरे, ‘यो देशमा विखण्डनको कुनै एजेण्डा बन्नु हुँदैन। कुनै पनि पार्टीलाई मान्यता दिनुहुँदैन। तर सरकारले त्यसलाई कसरी मान्यता दियो, यसमा हामी सरकारको जवाफ चाहन्छौं।’

समर्थन फिर्ता लिएको जानकारी गराउँदै राजपाले माग्यो सरकारको धारणा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी संसदलाई गराएको छ। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक रुपमा जानकारी गराएका हुन्।

राजपालाई प्रधानमन्त्रीको प्रश्नः अदालतले फैसला गर्ने, चिथोर्ने सरकारलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आवेग र उत्तेजनामा नआउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आग्रह गरेका छन्। कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनाको दोषी ठहर गर्दै जिल्ला अदालतले बुधवार जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको अधयक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए।

अदालती फैसलाविरुद्ध सडक संघर्ष गर्ने चेतावनी

टीकापुर घटनामा दोषी ठहर गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशम चौधरीलाई बुधबार जिल्ला अदालत कैलालीले जन्मकैद सुनायो। तर, जिल्ला अदालतको उक्त फैसला पर्याप्त प्रमाणबिनै भएको भन्दै राजपाले सडक संघर्ष गर्ने चेतावनी दिएको छ।

रेशम चौधरीलाई जन्मकैद भएपछि राजपाको बैठक, सडक संघर्षको चेतावनी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको आकस्मिक बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ।  राजपाको तर्फबाट कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जिल्ला अदालतले बुधवार दिउँसो जन्मकैदको फैसला गरेलगत्तै संयोजक राजेन्द्र महतोले पार्टीको आकस्मिक बैठक बोलाएका हुन्।

राजपाको महाधिवेशन फेरि सर्ने

राष्ट्रिय जनता पार्टी नेपालको एक महिनाभित्र तल्लो तहको अधिवेशन सकिने सम्भावना नरहेपछि वैशाख पहिलो साताका लागि तय गरिएको महाधिवेशन फेरि सर्ने सम्भावना बढेर गएको छ। महाधिवेशन मिति वैशाख ७ देखि ९ नजिकिए पनि राजपाले अहिलेसम्म विधानसमेतको टुंगो लगाउन सकेका छैन।

सरकारको एक वर्ष : मधेसलाई आस मात्रै

संविधान संशोधनको माग गर्दै आएका मधेसकेन्द्रित दुई राजनीतिक दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले सरकारसँगको एक वर्षे सहयात्रामा आश्वासन मात्रै पाएको गुनासो गर्न थालेका छन्।

आन्दोलनका लागि तैयार रहन कार्यकर्तालाई राजपाका चार अध्यक्षको निर्देशन

राजपा नेपालका अध्यक्ष मण्डलका चारजनाले संविधान संशोधनको पक्षमा अभिमत जाहेर गरेका छन्। रौतहटको चन्द्रपुरमा क्षेत्रीय पार्टी कार्यालयको बुधवार उद्घाटन गर्दै राजपाको अध्यक्ष मन्डलका चार सदस्यले संविधान संशोधन अनिवार्य रहेको बताउँदै सरकारले संविधान संशोधन नगरे आन्दोलनको लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।

संविधान संशोधनमा दबाब बढाउँदै दलहरू

तराई–मधेस केन्द्रीत संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधनको मुद्दालाई अघि बढाएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि दबाब सिर्जना गर्ने रणनीति बनाएको छ। टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको शपथपछि मधेस केन्द्रित दलहरू संविधान संशोधनमा केन्द्रित बन्न थालेका हुन्।

रेशम चौधरीकाे शपथ आज

टीकापुर घटनाका मुख्य अभियुक्त रहेकाे अाराेपमा हाल डिल्लीबजार कारागारमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित सांसद रेशम चौधरीले बिहीबार (अाज) पद तथा गोपनियताको शपथ ग्रहण लिदैछन्।

विद्यार्थी पिट्ने शिक्षकलाई कारबाही माग

कुटपिटबाट विद्यार्थीको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न राष्ट्रिय जनता पार्टी बाराले माग गरेको छ। राजपाका बारा संयोजक मनोज चौरसियाले बिहीबार विज्ञप्ति निकालेर प्रहरी प्रशासनसँग दोषीलाई कारबारहीको माग गरेका हुन्।

टोल टोलमा पुग्नुपर्ने सरकार पोल पोलमा पुग्यो : महताे

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले उल्टोपुल्टो काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।  बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले सरकारप्रतिको जनताको आशा, विश्वास र भरोसा निराशामा परिणत हुँदै गएको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्