संविधान संशोधन लगायतका विषयमा राजपाको प्रधानमन्त्रीसँग छलफल
वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेका राष्ट्रीय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डल लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन्।
वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेका राष्ट्रीय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डल लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन्।
श्रीलंकाका विवादास्पद प्रधानमन्त्री महिन्दा राजपाक्षले आफ्नो पदबाट राजिनामा दिएका छन्। दुईमहिना लामो राजनीतिक संक्रमणका बीच राजपाक्षले राजिनामा दिएपछि श्रीलंकाको राजनीतिले लय समाउने अपेक्षा गरिएको छ।
राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुर हुनुपर्ने बताएका छन्।
राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता कर्णले सरकारलाई समर्थन गरिराख्नुपर्ने कुनै औचित्य नभएकाले पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने दाबी गरे।
राजपा केन्द्रीय अध्यक्ष तथा प्रदेशका मन्त्रीहरू जिल्ला भ्रमणमा आउँदा सार्वजनिक मञ्चमा देखिने नेताको जम्बो टोली, केही घन्टाकै अन्तरालमा एउटै जिल्लामा दुईजना केन्द्रीय अध्यक्षहरूको छुट्टाछुट्टै कार्यक्रम, पार्टीको एकपक्षले निर्णाय गर्दा सार्वजनिक रूपमा अर्को पक्षद्वारा त्यसको प्रतिकार गर्नेलगायतका समस्या समाधान राजपा केन्द्रीय नेतृत्वका लागि पनि चुनौती बन्न थालेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन्।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले अबको ६ दिनभित्र पार्टीले सरकारबाट समर्थन फिर्ता बताएका छन्। शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने, ‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं। काउन्टडाउन सुरु भैसक्यो। हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं। आज चार दिन बितिसक्यो। अब ६ दिन बाँकी छ। हामी अहिले बाध्यकारी अवस्थामा छौं। अब समर्थन फिर्ता लिएर अघि बढ्छौं।’
राजपा नेपालका अध्यक्ष मन्डलका सदस्य अनीलकुमार झाले राजपाले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका छन्।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले हिन्दी भाषालाई राष्ट्र भाषाको मान्यता दिन माग गरेका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकलाई हिन्दीमा सम्बोधन गर्दै महतोले हिन्दी मधेसको सम्पर्क भाषा रहेको र यसलाई राष्ट्र भाषाको मान्यता दिनुपर्ने जिकिर गरे।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन्।
संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन गौरमा भेला भएका सीके राउत समूहका ३२ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाई रहने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने, ‘हामीले यसअघि पनि दुई पटक कालो दिवस मनाई सकेका छौं। भोलि पनि हामी कालो दिवस नै मनाउँछौं। देशैभरि विभिन्न जिल्लामा हामी प्रदर्शन गर्छौं र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने कार्यक्रम छ।’
संविधान जारी भएको दिन असोज ३ लाई कालो दिवस भन्दै आएको संघीय समाजवादी फोरम नेपालले यस वर्ष असोज ३ लाई कालो दिवस नभन्ने भएको छ।
आगामी वैशाखमा हुने भनिएको राष्ट्रिय जनता पार्टी नेपालको पहिलो महाधिवेशन तोकिएको मितिमा हुनेमा पार्टीकै नेता पनि विश्वस्त बन्न सकेका छैनन् । चार महिनाअघि राजपा अध्यक्षमण्डल बैठकले पार्टीको पहिलो महाधिवेशन वैशाख ७, ८ र ९ मा गर्ने निर्णय गरे पनि त्यसको हालसम्म कुनै तयारी सुरु गरिएको छैन्। महाधिवेशनको तयारी गर्न ढिलो भइसकेको अध्यक्षमण्डलका नेताहरूले नै गुनासो गर्न थालेका छन् ।