१० मंसिर २०८१ सोमबार
image/svg+xml

उपनिर्वाचन तयारीमा राजपा

राष्ट्रिय जनता पार्टी नेपालले उपनिर्वाचन तयारी सुरु गरेको छ। राजपाको अध्यक्षमण्डलको शुक्रबारको बैठकमा उपनिर्वाचन तयारीबारे छलफल भएको महासचिव केशव झाले बताए।

राजपा–समाजवादीको एकीकरण लम्बिदै

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण प्रक्रिया केही समय पर सरेको छ। कात्तिक मसान्ताभित्र दुई पार्टीबीच एकीकरण सम्पन्न गर्ने बताइए पनि समाजवादी पार्टीले कात्तिक २९ र ३० गते केन्द्रीय समिति बैठक बोलाएका कारण प्रक्रिया लम्बिएको हो।

सांसद साहले गरे विमानस्थलमा तोडफोड

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद प्रमोद साहले सोमबार दिउँसो जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्। उनले बुद्ध एयरको काउन्टर र विशिष्ट पाहुना कक्षको टेबल तोडफोड गरेका हुन्।

प्रदेश २ सरकार संविधान दिवसमा मौन बस्ने, राजपाले ब्ल्याक आउट गर्ने

प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सोमबार फेसबुक भित्तामा स्ट्याटस पोष्ट गरे, ‘मधेसी जनताले संविधान दिवस मनाउने अवस्था आएको छैन।’ प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस मनाउन मुख्यमन्त्रीको नेतृत्वमा छलफल गरेपछि सत्ता साझेदार दल मात्र नभई सत्ता नेतृत्वकर्ता दलकै मन्त्री विपक्षमा उभिएपछि सरकार पछि हटेको छ। अन्ततः प्रदेश सरकारले संविधान दिवस नमाउने भएको छ।

समाजवादीसँग एकीकरण गर्न राजपाका तीन सर्त

पार्टी एकीकरणका लागि भएको औपचारिक संवादमा राजपाले ३ वटा सर्त राखेको हो। राजपाका नेताहरूले समाजवादी पार्टीका नेतालाई भेटेरै एकीकृत पार्टीको नाम समाजवादी जनता पार्टी नेपाल हुनुपर्ने, महन्थ ठाकुरलाई पहिलो स्थानमा राख्नुपर्ने तथा एकीकणअघि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त राखेका हुन्।

महानगरलाई झकझकाउन सडकमै पत्रकार सम्मेलन

राष्ट्रिय जनता पार्टी (राजपा)को वीरगन्ज महानगरपालिका नगर कार्यसमितिले बुधवार वीरगन्जको आदर्शनगरमा सडकपेटीमैं पत्रकार सम्मेलन गरेको छ।

समाजवादीको यस्तो प्रस्तावः जसले ल्यायाे राजपामा हलचल

समाजवादी पार्टी र राजपा नेपालबीच एकताका लागि बसेको पहिलो औपचारिक बैठकमा समाजवादी पार्टीले एकिकरणको प्रस्ताव पेश गरेको छ। समाजवादी पार्टीको तर्फबाट बुझाइएको लिखित प्रस्तावले राजपामा हलचल पैदा भएको छ।

आन्तरिक विवादमा रुमल्लिएको राजपाको बैठक सकियो

आन्तरिक विवादमा रुमल्लिएको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक बसेको छ। शुक्रबार अपरान्ह पार्टी कार्यालय बबरमहलमा राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक हालका संयोजक राजकिशोर यादवको अध्यक्षतामा बसेको हो।

वार्ता टोलीका संयोजकमाथि पार्टी विघटन गर्न खोजेको आरोप

समाजवादी पार्टीसँग एर्कीकरणका लागि राजपाले महतोको संयोजकमा वार्ता टोली गठन गरेको छ। तर झा–राजकिशोर पक्षले वार्ता टोलीका संयोजकले पार्टी नै विघटन गर्न खोजेको आरोप लगाएका छन्।

समाजवादी पाटीसँग एकीकरण टुंगिनै लाग्दा राजपामा विवाद

कात्तिकसम्म दुई पाटीबीच एकीकरण भएन भने कात्तिक २८, २९ र ३० गते तय गरिएको राजपाको एकता महाधिवेशन प्रभावित हुने भएको छ। राजपा अध्यक्ष मण्डलका सदस्यहरू महाधिवेशनको तयारीभन्दा पाटी एकीकरणको विषयमा बढी केन्द्रित हुन थालेकाले महाधिवेशनको तयारी अघि बढ्न सकेको छैन।

महतो र भण्डारी नआएपछि राजपा बैठक बसेन

पार्टीको विधानमा अध्यक्षमण्डलका बैठकमा ६ जनै सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था छ। ६ मध्ये एकजना पनि बैठकमा नआए बैठक वस्न नसक्ने व्यवस्था छ।

महाधिवेशन अघि नै राजपाको समाजवादीसँग एकीकरण प्रयास

राजपाका महासचिव केशव झाले पनि राजपाको महाधिवेशनअघि राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनसक्ने बताए। उनले भने, ‘कात्तिक मसान्तसम्म कि एकीकरण हुन्छ कि महाधिवेशन हुन्छ। ’

भाेलि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने चेतावनी

प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन।

किन अवरुद्ध भइरहेको छ संसद?

पछिल्लो समय संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध भइरहेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय छानविन समितिको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्।

संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको छ। अर्को बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी संसद बैठक स्थगित गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्