११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बजेट पारितपछि चल्न सकेन बैठक

असार ३० गतेको बैठकमा बाढीको विषयमा अत्यन्त सार्वजनिक महŒवको कांग्रेस र राजपाको प्रस्तावमाथि छलफल भए सदन सञ्चालन हुने तर नभए अवरुद्ध हुने भएपछि सत्तापक्षले कांग्रेसको प्रस्तावमा मात्र छलफल नभई सत्तापक्षको पनि सहभागिता हुनुपर्ने अडान लिएको थियो।

समाजवादी–राजपा एकता नजिक पुगेको संकेत

समाजवादी पार्टी केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) सँग पार्टी एकताको लागि भइरहेको छलफलले सकारात्मक दिशा लिएको र केही दिनभित्रै टुंग्याउने संकेत गरेका छन्।

‘छिमेकीलाई दोष देखाएर सरकार उम्कियो’

बागमती र लाबकैया नदीसहित सहायक नदीबाट हुने बाढीलगायतका समस्याको दीर्घकालीन समाधान गर्न संघीय संसद्मा पटकपटक अवाज उठाए पनि सरकारले ध्यान नदिएको उनले गुनासो गरे।

राजपाको नेतृत्व परिवर्तन

दुई/दुई महिनामा अध्यक्षमण्डलको संयोजक फेर्ने परम्परा कायम गर्दै राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्वमा राजकिशोर यादव चयन भएका छन् । उनले सोमबारदेखि संयोजकको कार्यभार सम्हालेका छन् । यसअघि अनिल झा अध्यक्षमण्डलको संयोजक थिए । यादवले मण्डलको संयोजकको जिम्मेवारी पाएसँगै अध्यक्षमण्डलको संयोजक हुने मौका ६ वटै अध्यक्षले पाएका छन् । अबको दुई महिनापछि पुनः महन्थ ठाकुर संयोजक हुनेछन् ।

राजपा अध्यक्षमण्डलको संयोजकमा यादव

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्ने भएका छन्।

संसदमा पूर्व निर्धारित छलफल स्थगन गरी बाढीको विषयमा छलफल गरौं

सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न बस्ने आजको प्रतिनिधिसभाको बैठक स्थगन गर्न नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका नेताहरुले माग गरेका छन्।

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन्। प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ। दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन्। यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ।

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदहरु नाराबाजीमा उत्रदै रोष्टम घेराउ गर्न पुगेपछि बैठक स्थगित भएको हो।

गृहमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएपछि कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

गृहमन्त्री राम बहादुर थापाको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले संसद बैठक अवरुद्ध गरेका छन् ।

राजपाले गुहार्‍यो मानव अधिकार आयोग

सर्लाही र महोत्तरीको घटनामा प्रहरीले दमन गरेको भन्दै मानव अधिकारको रक्षा गर्न राष्ट्रिय जनता पार्टी (राजपा) राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ। बुधबार अपरान्ह राजपा अध्यक्ष मण्डलको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर शान्तिपूर्ण विरोधमा जम्मा भएका सर्वसाधारण जनतामाथि गोली चलाएर दमन गर्न खोजेको भन्दै मानव अधिकारको रक्षाको पहल गर्न अनुरोध गरेको हो।

‘सरकार आफैं ढल्दैछ, उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ’

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सूचना रहेको दावी गरेका छन्।

सरकारले मधेसलाई नाकावन्दी लगायोः ठाकुर

राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महन्थ ठाकुरले केन्द्र सरकारले मधेसमाथि नाकावन्दी लगाएको आरोप लगाएका छन्। बिहिबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुदै उनले यस्तो बताएका हुन्।

लोकसेवाको विज्ञापन फिर्ता लिन माग गर्दै प्रदर्शन

लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) रुपन्देहीले प्रदर्शन गरेको छ।

बजेटबारे महतोले भने : यसले संघीयतालाई असफल बनाउँछ

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप लगाएका छन्।

राजापाको प्रश्न : संविधान संशोधन कहिले ?

राष्ट्रिय जनता पार्टीले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्