६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘सरकार आफैं ढल्दैछ, उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ’

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सूचना रहेको दावी गरेका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन् भन्ने राजपाको ठम्याई छ। हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं। ल्याकत छैन पनि। बरु, यो सरकार आफैं ढल्ने मसँग सूचना छ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरे। 

पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको सुनाउँदै सुमनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरु चिन्तित रहेको सुनाए। पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दा पनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति घोर आपत्ति जनाए।

‘एकताका लागि उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ’

फरक प्रसँगमा सुमनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त सम्भावना रहेको सुनाउँदै त्यसको लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरुको अडान रहेको बताए। उनले भने, ‘उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ। उहाँहरु र हामीबीच अरु धेरै कुरामा सैद्धान्तिक असहमति पनि छन्। जस्तो, राष्ट्रपतिबारे उहाँहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भन्नुहुन्छ, हामीले संसदबाट निर्वाचित हुनुपर्छ भनेका छौं।’

मधेशी जनताले मधेशमा एउटै पार्टी भएको हेर्न चाहेको सुनाउँदै उनीहरुको मनोकांक्षा पूरा गर्नको लागि पनि एकता आजको आवश्यकता रहेको सुमनको भनाई छ। 

प्रकाशित: १० असार २०७६ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App