११ मंसिर २०८१ मंगलबार
image/svg+xml

राजपाको प्रश्न : लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?

राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिस चन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न /गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

लोकसेवाले प्रदेशलाई कर्मचारी मागेको भन्दै आपत्ति

राष्ट्रिय जनता पार्टीले संविधानले गरेको व्यवस्था विपरित लोकसेवा आयोगले प्रदेशलाई समेत गरि र कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको भन्दै गम्भीर आपत्ती जनाएको छ। प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाए।

मधेसका जनतासँग सरकारले विभेदपूर्ण व्यवहार गर्‍यो : सांसद साह

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले मधेसका जनता माथि सरकारले विभेद पूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको वैठकमा बोल्दै उनले आन्दोलनका मागलाई राजनीतिक सेटलमेन्ट गर्नुपर्ने माग गरे।

माग पुरा नगरे कडा कदम चाल्ने राजपाको चेतावनी

राष्ट्रिय जनता पार्टी (राजपा) का नेता महेन्द्र राय यादवले सरकारले आफ्ना मागहरु पुरा नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन्।

संसद् अवरुद्ध गर्ने चेतावनी

प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय जनता पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए संसद अवरुद्ध गर्ने बताएको छ।

संसदमा राजपा सांसदको प्रश्न : सभामुख ज्यू! लाल आयोगको प्रतिवेदन सार्वजनिक कहिले हुन्छ ?

राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

राजपाको संयोजकमा अनिल झा, महाधिवेशनपछि अध्यक्षमण्डल नरहने

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि अनिलकुमार झाले सम्हाल्ने भएका छन्। राजपाको अध्यक्ष मण्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महाधिवेशन पछि राजपामा अध्यक्षमण्डल नरहने

राष्ट्रिय जनता पार्टी (राजपा) मा माहाधिवेशन पछि अध्यक्ष मण्डल नरहने भएको छ। बिहीबारदेखि पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले

अध्यक्ष मण्डल हटाउँदै राजपा

कार्यकर्ताको व्यापकको विरोधपछि राजपाले अध्यक्ष मण्डल हटाउने गरी नयाँ विधान ल्याउने तयारी गरेको छ।

भारतीयहरु नागरिकता लिने लाइनमा छन् भने दिने अधिकारी के हेरेर बसेका छन्?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले नागरिकताको विषयमा कुनै पनि कुरा उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनी विभिन्न काेणबाट आकलन हुने गरेको प्रति असन्तुष्टि जनाए।

एकैपटक ४ पार्टीबीच एकीकरण गर्न राजपाको सुझाव

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकीकरण प्रक्रिया टुंगिनै लाग्दा राष्ट्रिय जनता पार्टी नेपाल र जनमुक्ति पार्टीले एकै पटक ४ पार्टीबीच एकीकरण गर्न सुझाव दिएका छन्। तर नयाँ शक्ति र फोरमका नेताहरूले भने एकैपटक ४ पार्टीबीच एकीकरण गर्न केही दिन समय लाग्ने भएकोले तत्काल दुई पार्टीबीचको एकता अघि बढाउने जनाएका छन्। बिहीबार दिउँसो नयाँ शक्ति पार्टी कार्यालयमा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव, नयाँ शक्तिक संयोजक डा.बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो तथा जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले छलफल गरी पार्टी एकीकरण वार्ता र छलफल गर्दै जाने सहमति जनाएका छन्।

प्रदेश २ मा सरकार फेरिने चर्चा

पार्टी एकीकरणदेखि सत्ता साझेदारीसम्मको विषयमा संघीय समाजवादी फोरम र राजपाबीच दूरी बढ्न सक्ने सम्भावनाले प्रदेश २ को सरकार फेरिन सकिने चर्चा सतहमा आएको छ। मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा पनि नेकपाकै नेतृत्वमा सरकार बन्न सक्ने आशय व्यक्त गरेपछि यो चर्चाले व्यापकता पाएको हो।

राजपाको महाधिवेशन स्थगित

राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन स्थगित भएको छ। आवश्यक तयारी पूरा नभएको भन्दै राजपा अध्यक्ष मण्डलको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। यसअघि राजपाले बैशाख ७ देखि ९ गतेसम्म आफ्नो एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो।

सरकारलाई दबाब दिन राजपाले शक्ति प्रदर्शन गर्ने

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले शुक्रबार देशभर शक्ति प्रशर्दन गर्ने भएको छ। सरकारलाई दबाब दिने उद्देश्यले राजपाले देशभर प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ। शुक्रबारको प्रदर्शनका लागि राजपाले सबै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ।

‘वंशजको नागरिकतामा सर्वाेच्चले रोक लगाएर लाखौं नेपालीलाई राज्यविहीन बनायो’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जन्मको आधारमा वंशजको नागरिकता दिने गृह मन्त्रालयको परिपत्रमा सर्वाेच्च अदालतले रोक लगाउनु दुःखद भएको टिप्पणी गरेको छ। गृहले मन्त्रीस्तरीय निर्णयबाट जन्मका आधारमा वंशजको नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दिएको परिपत्र कार्यान्वयन नगर्न÷गराउन सर्वाेच्चले सोमवार आदेश जारी गरेपछि राजपाले मंगलबार विज्ञप्ति निकालेर चिन्ता व्यक्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्