११ मंसिर २०८१ मंगलबार
image/svg+xml

राहतका लागि राजपाले पाँच लाख दिने

बारा र पर्सामा आएको हावाहुरीका कारण ज्यान गुमाएका परिवार तथा अन्य पीडितका लागि राष्ट्रिय जनता पार्टी नेपालले पाँच लाख राहत उपलब्ध गराउने भएको छ। राजपाले एक विज्ञप्ति जारी गर्दै घटनाका पीडितलाई उक्त सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।

सीके राउत मूलधारमा आएसँगै राजपा-फोरमलाई कति असर?

‘सीके राउतलाई देखाएर तराईमा स्वार्थका रोटी सेक्नेहरू धेरै थिए। तीनका रोटी काँचै पल्टिने भए। देखाउने सीके राउत, रोटी सेक्ने आफू’, प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतसँग ११ बुँदे सहमति गर्दा भनेको भनाई हो, यो।

राजपाद्वारा संसद बैठक अवरुद्ध

राष्ट्रिय जनता पार्टीको (राजपा), नेपालले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। राजपाको अवरोधपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ।

एकीकरण भए फोरमले सरकार छाड्ने

संघीय समाजवादी फोरम नेपालले पार्टी एकीकरण हुने भए केपी ओली नेतृत्व सरकार छाड्ने सक्ने संकेतसहित राष्ट्रिय जनता पार्टी नेपाललाई जवाफ पठाएको छ। फोरमले बिहीबार राजपालाई जवाफी पत्र लेख्दै आपसी सहमति र समझदारीको आधारमा सरकारबाट बाहिरिनेलगायत विषमया टुंगोमा पुग्न सकिने जनाएको हो।

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी नियुक्त भएका छन्। दुई महिनामा संयोजक फेरिने चक्रिय प्रणाली अन्तर्गत भण्डारी अध्यक्ष मडलको संयोजक नियुक्त भएको महासचिव केशव झाले जानकारी दिएका छन्।

संसदमा राजपाको अवरोध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसद बैठकमा अवरोध गरेको छ। सोमवार दिउँसो २ बजेपछि बसेको बैठकमा गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदले अवरोध गरेका हुन्।

प्रदेश २ मा राजपाले मन्त्री हेरफेर नगर्ने

प्रदेश २ को सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा), नेपालले प्रदेश सरकारमा रहेको मन्त्रीहरू तत्काल हेरफेर नगर्ने भएको छ।

राजपा सांसदको प्रश्नः यो सरकार संसदबाट बनेको हो कि होइन?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकार संसदप्रति जिम्मेवार नभएको आरोप लगाएको छ। आइतवारको संसद बैठकमा राजपाका नेता एवं सांसद लक्ष्मणलाल कर्णले सरकारले संसदको निर्देशन नमानेको भन्दै आपत्ति जनाए। उनले प्रश्न गरे, ‘यो सरकार संसदबाट बनेको हो कि होइन? यो संसद मातहत सरकार हो कि होइन?’ संसद र सभामुखले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिए पनि सरकारले नटेरेको उनको गुनासो छ।

संसदमा राजपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधले संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ। गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदले बैठकमा उभिएर अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि स्थगित गरेका हुन्।

यो जीत कसको : सरकारको कि सिकेको ?

पछिल्ला साता राजपाबाट विजयी सांसद रेशम चौधरीलाई आजीवन कारावास, राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सर्वोच्चको आदेशबाट राउत रिहा र लगत्तै मूलधारको राजनीतिमा आउने घोषणाजस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रम लगातार भएका छन्। यी सबै घटना संयोग मात्र नहुन सक्छन्। रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो। यी घटनाले मधेसमा ओलीप्रति नकारात्मक धारणा बढ्दै गएको थियो। यसैबीच नेकपाको प्रदेश नं. २ कमिटीले रौतहटमा आमसभाको आयोजना गरेको थियो। मधेसमा नेकपाले संविधान निर्माणपश्चात् प्रधानमन्त्री स्वयं ओलीको प्रमुख आतिथ्यमा पहिलो चोटि विशाल आमसभाको परिकल्पना गरेको थियो। त्यस कार्यक्रमको मुखैमा राजपा नेपाल रौद्र भएपछि मधेसप्रति सरकार उदार रहेको देखाउन उनले सिके राउतसँग रातारात सहमति गरेर त्यहाँ पुगेका हुन्।

सरकार र सिके राउतबीचको सहमति पछि राष्ट्रिय जनता पार्टीको रणनीति के हुन्छ ?

सरकार र सिके राउतबीचको सहमति पछि राष्ट्रिय जनता पार्टीको रणनीति के हुन्छ ? राजेन्द्र महतो, राजपा अध्यक्षमण्डलका सदस्य।

संसदमा राजपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधले संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बुधवार दिउँसो १२ बजे बसेको बैठकमा अवरोध गरेको हो।

अन्यौलमा राजपा

सरकार र राष्ट्रिय जनता पार्टी बीचको सम्बन्ध पुन: टाढिएको छ। टीकापुर घटनामा दोषी ठहर गर्दे कैलाली जिल्ला अदालतले राजपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपा र सरकार बीचको सम्बन्ध टुटेको हो।

राजपा–फोरम एकता : हल्लै बढी!

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा प्रवेश र सांसद रेशम चौधरीको जन्मकैदले यतिबेला मधेसका दुई ठूला दलको एकता चर्चा चुलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्