२२ वैशाख २०८१ शनिबार
image/svg+xml

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशीको सहयोग

कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित सर्पदंश उपचार केन्द्रलाई विभिन्न उपकरण सहयोग गरेको छ।

भुल्केमा कोरोना नियन्त्रण, अन्यत्र फैलदै

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के वैशाखभरी देशकै कोरोना भाइरस (कोभिड–१९) को ‘इपिसेन्टर’ बन्न पुग्यो । वैशाख ५ देखि ९ गतेभित्र नुरी मस्जिद आसपास भुल्केमा संक्रमित संख्या ५ महिलासहित ३२ पुगे ।

भुल्केका थप ४ जना संक्रमित कोरोना जितेर फर्के

उदयपुरको भुल्केका संक्रमितमध्ये थप ४ जना कोरोना भाइरस (कोभिड १९) लाई पछार्न सफल भएका छन् । वैशाख पहिलो साता संक्रमण पुष्टि भएर विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६५ वर्षीया वृद्धासहित ४ जना बुधबार निको भएर डिस्चार्ज भएका हुन् ।

उदयपुरमा दोहोरो परीक्षण गर्दा देखियो ३ जनामा कोरोना, संक्रमित सबै भुल्केकै

उदयपुरमा थप ३ जना संक्रमित देखिएका छन् । जिल्लामा पहिलो संक्रमण फेला परेको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिद र आसपासबासी ३ सय ३१ मध्ये ३ सय ६ जनाको पिसिआर रिपोर्टमा ३ जना संक्रमित देखिएका हुन् । संक्रमण पुष्टि भएलगत्तै उनीहरुलाई आइसोलेसन राख्न विराटनगर पठाइएको छ ।

भुल्केको दोहोरो रिपोर्ट आएपछि अन्यत्र परीक्षण गरिने

त्रियुगा नगरपालिका ३ भुल्केमा वैशाख ५ देखि ९ गतेसम्म २८ संक्रमित पुष्टि भएपछि कोरोना भाइरस (कोभिड–१९) को केन्द्रविन्दु मानिन पुगेको उदयपुरमा यो सातादिनयता क्वारेन्टाइन रित्तिदै गएका छन् । शुक्रबारसम्म त्रियुगा नगरपालिकामा १ महिलासहित ९, ताप्ली र रौतामाई गाउँपालिकामा क्रमशः ६ महिलासहित २४ र १ महिलासहित ३३ जनाबाहेक अन्य तहका क्वारेन्टाइन खाली छन् ।

भुल्केमा पहिले जँचाइएका सबैको ‘रिकन्फर्म’ परीक्षण सुरु

नुरी मस्जिद र आसपासका २८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केमा ‘रिकन्फर्म’ गर्न बुधबार दोस्रो पटक परीक्षण थालिएको छ । वैशाख ५ देखि ९ गतेसम्ममा १२ भारतीयसहित २८ जना संक्रमित पुष्टि भएको सो ठाउँमा कोरोना भए नभएको प्रष्ट हुन पुनःपरीक्षण कार्य लागिएको हो ।

‘भुल्केका संक्रमित कसैमा कोरोना लक्षण छैन’

‘कोरोना लागेपछि मरिहालिन्छ, बाँचिदैन’ भन्ने त्रसित मनोविज्ञानले घर गरिरहेका बेला उदयपुरको भुल्केमा भेटिएका संक्रमित कसैलाई अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को लक्षणसम्म देखिएको छैन । वैशाख ५ गते पहिलोपटक संक्रमण पुष्टि भएका मस्जिदका १२ धर्म प्रचारकमा संक्रमण पुष्टि भएदेखि पछिल्लो १० गते ३ जनासमेत २८ जना कसैमा कोरोना लक्षण नदेखिएको स्वास्थ्य कार्यालय उदयुरले जनाएको छ ।

मुख्यमन्त्री राईद्वारा भुल्केको निरीक्षण

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘कोरोना केन्द्र’ बनेको उदयपुर भुल्केको अवलोकन भ्रमण गरेका छन् । हेलिकोप्टरमार्फत कोरोना प्रभावित गृह जिल्ला भोजपुरको अनुगमन गरी उदयपुर आएका मुख्यमन्त्री राईले एकै ठाउँ २८ जना संक्रमित भेटिएपछि सातादिनयता ‘सिल’ गरिएको भुल्के मस्जिद र बस्तीको अवलोकन गरे ।

भुल्केमा कसरी संक्रमण फैलियो ? तीन दिनभित्र खुलासा हुने

त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदका ११ भारतीयसहित १३ धर्म प्रचारकमा वैशाख ५ गते पहिलोपटक कोरोना भाइरस (कोबिड–१९) संक्रमण पुष्टि हुँदा धेरैको प्रतिक्रिया थियो– भारतीयका कारण कोरोना फैलियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्