प्रजातन्त्र दिवसमा जग्गाधनी पुर्जा वितरण
यहाँ ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जग्गाधनी पुर्जा वितरण गरिएको छ। नापि भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो।
यहाँ ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जग्गाधनी पुर्जा वितरण गरिएको छ। नापि भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो।
काठमाडौँमा जन्मे पनि शहीद थीरबम मल्लको बाल्यकाल बागलुङको गलकोटमा बित्यो। गलकोटका अन्तिम राजा भरतबमका माइला छोरा उनी सानैदेखि निर्भिक, न्यायप्रेमी र सत्यको पक्षपाती थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाको लागि नयाँ निर्वाचनमा जानुपरेको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीति सुरु गरिएको भन्दै यसबाट मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा भनेका छन्, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुन्छ । निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको छ ।’
७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस वाग्मती प्रदेशको राजधानी हेटौँडामा यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा आज १६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारको प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म निभाउन नसकेको बताएका छन्। गृह जिल्ला नुवाकोटका पत्रकारसँग अन्तक्र्रिया गर्दै उनले सत्तामा बसेकाले इमानदारीपूर्वक नागरिकको पक्षमा काम नगर्दा प्रतिपक्षले सत्ता पक्षलाई सहि मार्गमा ल्याउन नसकेको बताए।
राजा त्रिभुवन निरंकुश शासनबाट मुक्त हुन भित्रभित्रै प्रजातन्त्रवादी व्यक्ति र त्यतिबेलाका जुझारुहरूको नेतृत्वदायी प्रेरक बनेकाले नेपालमा प्रजातन्त्र स्थापना हुन सकेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्वमन्त्री हरिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम प्रतिगमन भएको बताएका छन्। पार्टी संगठन निर्माणको क्रममा गृहजिल्ला उददयपुर आएका पूर्वमन्त्री बस्नेतले पत्रकारहरूसँग कुराकानी गर्दै ओलीको प्रतिगामी कदमविरुद्ध राप्रपा सशक्त आन्दोलनमा उत्रेको बताए।
सही शब्द र समयमा गरिएका प्रस्तुति कति शक्तिशाली हुन्छन् भन्ने उदाहरण धेरै छन् । सन् २०१९ को सेप्टेम्बरमा विश्वका प्रमुख नेता सहभागी रहेको जलवायुसम्बन्धी एक सम्मेलनमा स्विडेनकी जलवायु कार्यकर्ता ग्रेटा थुनवर्गले वाहवाही पाइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जान उपयुक्त हुने बताएका छन् ।
नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्रको उदय भएपछि उच्चप्रशासकहरूमध्ये गर्वका साथ लिइने नाम हो– नरकान्त अधिकारी । नेपाली प्रशासनको इतिहासमा ४७ वर्षसम्म लगातार सरकारी सेवामा रही काम गर्ने यस्ता प्रशासक कमै होलान् । यो त भयो जागिरे नरकान्तलाई दुनियाँले बुझेको अनुहार । एक शैलीको सरकारी जीवनबाट अवकाश पाएपछि पारिवारिक धरोहरका रूपमा अन्तर्निहित आध्यात्मिक चेतले उनको वयको ठूलो हिस्सालाई झन् पल्लवित बनाउन पुग्यो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था नहुँदा देशमा विदेशीको चलखेल तीव्र रुपमा बढेको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्था नहुँदा देश अभिभावकविहीन बनेपछि विदेशीको चलखेल बढेको बताएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दुराष्ट्रको मागसहित आज काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ।
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ। उनको मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ।