coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेश : प्रधानमन्त्री ओली

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाको लागि नयाँ निर्वाचनमा जानुपरेको बताएका छन्। शुक्रबार ७१ औं प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘लोकतन्त्रलाई कू बाटोमा धकेल्ने चेस्टाहरुलाई अगाडि जान नदिन मुलुक फेरि नयाँ निर्वाचनतर्फ अग्रसर भएको’ बताएका हुन्।

उनले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको चुनावको तयारीमा लाग्न सबै निकायहलाई आग्रह समेत गरे। कसैबाट लोकतन्त्रलाई अलमलमा पार्ने काम हुन नहुने ओलीको भनाई छ। ‘लोकतन्त्र प्रणालीभित्रैबाट अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्न र लोकतन्त्रलाई कू बाटोमा धकेल्ने चेस्टाहरुलाई अगाडि जान नदिन अहिले मुलुक फेरि नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ,’ ओलीले भने,‘नयाँ निवार्चनको तयारीका लागि म आग्रह गर्न चाहन्छु, सबै निकायले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्नुपर्ने हुन्छ। कुनै पनि हिसाबाले लोकतन्त्रलाई अलमलमा पार्ने काम कतैबाट हुनु हुँदैन।’

निर्धारित समयमा निर्वाचन हुने दोहोर्‍याउँदै ओलीले देशलाई अस्थिरबाट जोगाउने ताजा जनादेश नै भएको बताए। ‘निर्धारित समयमा निर्वाचन हुनेछ। र, निर्वाचन गरिनुपर्छ। देशलाई अस्थिरबाट जोगाउने र स्वस्थ जनअभिमतद्वारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधिसम्मत ढंगले अघि बढ्ने बाटो ताजा जनादेश नै हो,’ ओलीले।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन्। त्यसको पक्ष र विपक्षमा विभिन्न राजनीतिक दलका नेताहरुले अभिव्यक्ति दिइरहेका छन्। विशेषगरी ओली पक्षले विघटनको निर्णयको बचाउ गर्दै आएको छ भने नेकपा प्रचण्ड–नेपाल समूहसहितका राजतीतिक दलले विरोध गरिरहेका छन्।

प्रकाशित: ७ फाल्गुन २०७७ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App