१६ वैशाख २०८१ आइतबार
image/svg+xml

निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक बस्दै

बैठकमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने दलका प्रतिनिधिहरूलाई निम्त्याइएको छ। माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ।

गठबन्धनबाटै अप्ठेरोमा देउवा

सत्ता गठबन्धनका प्रमुख दुई साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि एमसिसी पारितको विपक्षमा उभिएका छन्। दुवै दलले अहिलेकै अवस्थामा एमसिसी पारित गर्ने अवस्था नभएको जनाउँदै उठेका प्रश्नहरूमा स्पष्टता आवश्यक रहेको धारणा राखे ।

सर्वदलीय बैठक ४ बजे बस्दै, एमाले नजाने

संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

सर्वदलीय बैठकबाट न्यायालयको समस्या समाधान गरिनुपर्छः सभामुख

बिहीबार अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागी भइ स्वदेश फर्किएका सभामुख सापकोटाले सर्वदलीय बैठक मार्फत समस्या समाधान गरिनुपर्ने बताएका हुन्।

संसद् चलाउन एमाले हठ बाधक

बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो।

बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमाले बाहेक सबै दलका शीर्षनेता सहभागी

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ।

एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव

सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरुले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छन्।

कांग्रेसको आह्वानमा सर्वदलीय बैठक बस्दै

नेपाली कांग्रेसको आह्वानमा सर्वदलीय बैठक बस्दै छ। काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो।

तीन दलको निष्कर्ष : संसद विघटन संविधानको मर्ममा प्रहार

संसद विघटनबारे साझा धारणा बनाउन बसेको सर्वदलीय बैठकले संसद विघटन संविधानको मर्ममा प्रहार भएको निश्कर्ष निकालेको छ।

सानेपामा सर्वदलीय बैठक सुरु

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सानेपामा सुरु भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा आगामी रणनीति तय गर्न बैठक बसेको हो।

‘सरकार जनहितविरुद्ध चल्दा सडकमा व्यवस्थाविरोधी आवाज’

प्रमुख राजनीतिक दलका नेताहरूले जनहित र जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा प्रतिगामी शक्ति चलमलाउन थालेको बताएका छन्। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले अहिलेका समस्याको मुख्य कारण सरकार नै भएको स्पष्ट पारे।

बालुवाटारमा सर्वदलीय बैठक जारी, संविधान विरोधीविरुद्ध एकजुट हुन आह्वान

समसामायिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवासटारमा जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्