२३ वैशाख २०८१ आइतबार
image/svg+xml

५० हजार घुस सहित फार्मेसी अधिकृत पक्राउ

औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई ५० हजार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले रंगेहात पक्राउ गरेको हो।

फार्मेसी निर्देशक घुस लिंदै गर्दा पक्राउ

नेपालगन्जको एक रेष्टुरेन्टबाट घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरले औषधि ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका एक कर्मचारीलाई प्रक्राउ गरेको छ।

त्रिशुली अस्पतालमा फार्मेसी सेवा सञ्चालन

नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीमा फार्मेसी सेवा सञ्चालनमा आएको छ । नेपाल सरकारको निर्णय अनुसार सरकारी अस्पतालले आफैँले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने भएकोले नेपाल सरकारकै पाँच लाख रुपैयाँको सहयोगमा अस्पतालले फार्मेसी सेवा सञ्चालनमा ल्याइएको हो ।

१० महिना पछि खुल्यो गोरखा अस्पतालमा फार्मेसी

५० शैयाको गोरखा अस्पतालमा १० महिना देखि बन्द फार्मेसी सुचारु भएको छ । कर्मचारीले आर्थिक अपचलन गरेपछि गत असारदेखि बन्द रहेको अस्पताल फार्मेसीको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रवार पुनः शुभारम्भ गरेका हुन् ।

वीर अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा

नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले आजबाट आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ ।  अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले मन्त्रालयले दिएको रु ३० लाखबाट फार्मेसी सुरु गरिएको बताए ।

राजधानीका क्लिनिक र फार्मेसीमा छापा, पाँच क्लिनिक बन्द

स्वास्थ्य मन्त्रालयले टोलीले आज काठमाडौं र ललितपुरका ३४ क्लिनिक तथा फार्मेसीमा छापा मारेको छ। अनुगमनका क्रममा प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका पाँच क्लिनिकलाई अनुगमन टोलीले सिलबन्दी गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्