१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राजधानीका क्लिनिक र फार्मेसीमा छापा, पाँच क्लिनिक बन्द

अनुगमन टोलीले शिलबन्दी गरेको एउटा क्लिनिक।

काठमाडा‌ैं—स्वास्थ्य मन्त्रालयले टोलीले आज काठमाडौं र ललितपुरका ३४ क्लिनिक तथा फार्मेसीमा छापा मारेको छ। अनुगमनका क्रममा प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका पाँच क्लिनिकलाई अनुगमन टोलीले सिलबन्दी गरिदिएको छ।

स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरीको टोलीले गरेको अनुगमनका क्रममा काठमाडौंका ४ र ललितपुरको १ क्लिनीकहरुमा सिलबन्दी गरिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाको निजी सचिवालयले जनाएको छ।
 
स्वास्थ्य सेवा विभागका डा.हेमन्त ओझाको नेतृत्वमा रहेको काठमाडौंको टोलीले दर्ता नै नभएका बानेश्वरदेखि कोटेश्वरसम्म रहेका जागरण क्लिनिक, एसआरडी डाइनोष्टिक, लोकसेवा डेण्टल क्लिनिक र अपी डेण्टल क्लिनिकमा तालाबन्दी गरिएको हो।

क्लिनिक तथा फार्मेसी आधारभुत मापदण्ड समेत पुरा नगरी संचालन भइरहेको गुनासो आएपछि स्वास्थ्य मन्त्री थापाले अनुगमन टोली खटाएका हुन्। अनुगमन कार्य काठमाडौं उपत्यकामा मात्र सीमित नगरी देशभरका अन्य ठाउँमा पनि गरिने मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए।

विराज डेण्टलले भने बैधतासम्बन्धी कागजपत्र माग्दा केही बेरमा ल्याउछु भनेर भागेकाले भोली फेरि माग्न जाने र नभएमा तालाबन्दी गरिने डा.ओझाले बताए।  

केही फार्मेसीहरुमा पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधी बिक्री गरेको लगायतका कमजोरी देखिएकाले उनीहरुलाई आवश्यक निर्देशन दिनुका साथै स्पष्टिकरण पनि मागिएको डा. ओझाले जानकारी दिए।

टोलीले मीनभवनस्थित सीमा फार्मेसी, जागरण फार्मेसी, नवजीवन फार्मेसी, गौरीशंकर फार्मेसी, सोर्निम फार्मेसी, सुखद फार्मेसी, दियोकलश फार्मेसी, हरिहर फार्मेसी, इएनटी सेन्टर, अतिग फार्मेसी, एडभान्स ओरल डेण्टल हस्पीटल र सुभ फार्मेसीमा अनुगमन गरेको हो। उनीहरुमा खासै समस्या नदेखिएको अनुगमन टोलीमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका उपप्रशासक डा. युवराज पोखरेलले बताए।

त्यसैगरी ललितपुरमा स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा.भोलाराम श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले जाउलाखेलमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालीटीमा तालाबन्दी गरिदिएको छ। दर्ता नै नभईकन सञ्चालन भएको पाइएकाले तालाबन्दी गरिदिइएको अनुगमन टोलीका सदस्य तथा स्वास्थ्य मन्त्रालयका उपसचिव डा भवनाथ खतिवडाले जानकारी दिए।

टोलीले ललितपुरको जाउलाखेलमा रहेका नेश्नल हस्पीटल एण्ड रिसर्च सेण्टर, नेश्नल फार्मेसी, अप्टीकल नेपाल, हाम्रो डेण्टल क्लिनीक, द बेष्ट अप्टीकल, बेष्ट अल्का अप्टीकल, सामना फार्मेसी, रासा मेडिको प्राली, विद्या अल्का फार्मेसी, अल्का अस्पताल प्रालि, सिम्रिक डेण्टल क्लिनिक, आशिष फार्मेसी, सुमेरु अस्पताल, लेजर थेरापी क्लिनीक, सुप्रिती फार्मेसी र वनयुरा फार्मेसीमा अनुगमन गरेको डा.खतिवडाले बताए।

अनुगमन टोलीले क्लिनीक तथा फार्मेसीहरुमा दर्ता तथा नविकरणसम्वन्धी कागजपत्र, तोकिए अनुसारको आधारभूत मापदण्ड पुरा भए नभएको बारेमा जाँजबुझ गरेको थियो।

काठमाडौंका धेरै क्लिनिक तथा फार्मेसी आधारभुत मापदण्ड समेत पुरा नगरी संचालन भइरहेको गुनासो आएपछि स्वास्थ्य मन्त्री थापाले अनुगमन टोली खटाएका हुन्। अनुगमन कार्य काठमाडौं उपत्यकामा मात्र सीमित नगरी देशभरका अन्य ठाउँमा पनि गरिने मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए।

प्रकाशित: २९ कार्तिक २०७३ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App