२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गोरखामा जिप दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु, १२ जना घाइते

गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको हाे भने दुइ जनाले हामफालेर ज्यान बचाएका छन्।

मुगु हिउँ पहिरो अपडेटः हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन्।

टिपरको ठक्करबाट एक जनाको मृत्यु, शव सडकमै छाडेर आन्दोलन

टिपर चालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर स्थानीय आन्दोलनमा उत्रिएका छन्। उनीहरुले दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलन थालेको प्रहरीले जनाएको छ।

बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए। उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

ट्र्याक्टर दुर्घटना श्रीमान्को मृत्यु, श्रीमती घाइते

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ।

बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर

सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ। मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो।

जर्मनीको दुईवटा बारमा गोली चल्दा नौ जनाको मृत्यु

जर्मनीको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

तीन घटनास्थलमा र एक उपचारको क्रममा मृत्यु, मृतक एकै गाउँका

उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार विहान भएको जीप दुर्घटनामा परी ४ यात्रुको मृत्यु भएको छ।

मृतक बालिकाको शव २२ घण्टादेखी घटनास्थलमै

कैलालीको जानकी गाउँपालिका–४ मुनुवामा हिजो अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि घटनास्थलमै रहेको छ।

कंगोमा विमान दुर्घटना, २३ को मृत्यु

अफ्रिकी मुलुक कंगोमा आइतबार भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्। धावन मार्गबाट उडान भरेको केही समयभित्र नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कंगोको घना बस्तीमा खसेको थियो।

डोल्पाका पहिरो पीडितलाई राहत बाँड्न मन्त्रीसहितको टोली घटनास्थलमा

डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १, २ र ३ मा पहिरो पीडितलाई राहत बाँड्न एक टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दबहादुर बुढा, सांसद बीरबहादुर शाही, बदनी बोहरा, कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायसहितको टोली त्यसतर्फ गएको हो।

पाँचथर हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहित ५० प्रहरी परिचालन, नाकामा कडा निगरानी

पाँचथरको मिक्लाजुङ ३, आरुबोटेमा भएको ९ जनाको विभत्स हत्याको छानबिन गर्न ५० जना प्रहरीको टोली घटनास्थलमा पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी), संघिय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयइलाम र पाँचथरबाट ५० जना प्रहरी घटनास्थलमा पुगेको नेपाली प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बताए।

काठमाडौंका लागि छुटेको बस त्रिशुलीमा खस्यो

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गल्छी गाउँपालिकाको वडा नम्बरको आदमघाटमा आइतबार बिहान त्रिशुलीमा खसेको हो।

बसको ठक्करबाट एकको मृत्यु, चालक फरार

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ८ किटेनीमा यात्रुवाक बसले ठक्कर स्थानीय ३२ वर्षीय देवजङ्ग खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुकुम (पूर्व) बाट काठमाडाैं जाँदै गरेको ना ५ ख ८९६२ नम्बरको बसले ठक्कर दिएको थियो।

बारा पुगेर नेता खतिवडाले भने – अवस्था हामीले कल्पना गरेभन्दा बाहिर छ

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले हावाहुरीबाट प्रभावित क्षेत्र कल्पना बाहिर रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्