७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गोरखामा जिप दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु, १२ जना घाइते

हाम फालेर बाँचेका दुई जना उद्धारमा खटिए

गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको हाे भने दुइ जनाले हामफालेर ज्यान बचाएका छन्।  

शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले नागरिकन्यूजलाई जानकारी दिए।  

‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएर गाडी २०० मिटर तल भीरमा अट्किएको खबर आएको छ। पाँच जनाको शव भेटिएको उद्धारमा खटिएका प्रहरीले बताएका छन् ’ प्रजिअ भुसालले भने, ‘ गाडीमा १९–२० जना सवार रहेको भन्ने खुलेको छ।  

दुर्घटनामा परी घाइते भएको १२ जनाको आवुखैरेनी अस्पतालमा उपचार जारी छ। 'एक जनाको चितवन रिफर गरिएको खबर आएको छ', प्रजिअ भूसालले भने, 'दुई जना हाम फालेर बाँचेका छन्। उनीहरु पनि उद्धारमा खटिएका छन्। टिकाटालोबाट फर्किएका भनिए पनि बेहुली पनि लिएर आएको वा नआएको खुलेको छैन।'

वर्षा भइरहेकोले उद्धारमा कठिनाई भएको र प्रहरीले भीरमा अट्किएका शवलाई डोरीले बाँधेर राखेको खबर प्राप्त भएको प्रजिअ भूसालले बताए। घटनाबारे थप विवरण आउन र मृतकको पहिचान हुन बाँकी छ ।

प्रकाशित: ८ असार २०८० ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App