३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

सत्याग्रह र आँधीपूर्वको आकाश

‘यही विषयमा अब फेरि कहिल्यै लेख्न नपरोस्’ भन्ने चाहना गर्दागर्दै पनि यही स्तम्भमा धेरैचोटि गोविन्द केसी र उनको सत्याग्रहबारे लेख्नुपरेको छ। अहिले उनी फेरि अनशनमा छन् र पहिलेभन्दा छिटो उनको स्वास्थ्य स्थिति बिग्रिरहेको छ। आफ्नै भाषा र शैलीमा ‘जनताको सुस्वास्थ्यको जिम्मेवारी कसको हो?’ भनेर राज्यलाई निरन्तर प्रश्न गर्ने गरेका यिनकै जीवन रक्षाको जिम्मेवारीचाहिँ कसको हो भनेर यतिबेला इलामका डाँडाहरूसंगै सिंगै देशले सोधिरहेको छ। उनकै ओछ्यानमा पल्टिएर समाजवादउन्मुख भनिएको लोकतान्त्रिक संघीय गणतन्त्रको नागरिक पनि गनगन गरिरहेको छ– मेरो मौलिक अधिकार कसरी किनबेचको वस्तु हुन सक्छ? स्वास्थ्य मेरो मौलिक अधिकार हो भने मैले त्यो किन किन्नुपर्ने?

डा. केसीकाे अवस्था जटिल, हेलिकप्टर मार्फत काठमाडाैं ल्याउने तयारी

सत्याग्रहमा रहेका डा. गाेविन्द केसीकाे अवस्था जटिल भएपछि हेलिकप्टर मार्फत काठमाडाैं ल्याउने तयारी भएकाे छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे विशेषज्ञ टोलीले डा.केसीलाई काठमाडाैं लैजान सुझाव दिएकाे छ।

केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले बुधबार अपराह्न ३ः५० बजे इलाम अस्पतालमा डा. केसीको स्वास्थ्य परीक्षण गरेको थियो।

चिकित्सा विधेयक डा.केसीसँगको सहमति अनुसार पास गर : नागरिक अगुवा

नागरिक अगुवाहरुले डा. गोविन्द केसीको सत्याग्रह प्रति आफुहरुको ध्यानाकर्षण भएको बताएका छन्। अगुवाहरुले एक विज्ञप्ति जारी गर्दै राज्यको इमान र विश्वसनीयता समाजका लागि संवेदनशील र महत्वपूर्ण कुरा भएको बताएका छन्।

आइसियुमा राख्नुपर्ने भएपछि डा.केसीलाई तत्काल रेफर गर्न सुझाव

सत्याग्रहको छैटौं दिन (सोमबार) डा.गोविन्द केसीलाई आइसियुमा राख्नुपर्ने भएको छ। इलाम अस्पतालका चिकित्सकले जिल्ला अस्पतालमा आइसियु सुविधा नभएकाले डा.केसीलाई तत्काल अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको बताएका छन्।

डा.केसीको मुटुको गति अनियमित, अस्पताल जान मानेनन्

५ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीको मुटुको चाल अनियमित हुन थालेको छ। आइतबार गरिएको परीक्षणमा उनको मुटुको गति अनियमित भइ अस्पताल नै लैजानुपर्ने अवस्था आएको चिकित्सकले बताएका छन्।

डा. केसीको समर्थनमा र्‍याली

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अनसनमा बसेको चौथो दिनसम्म पनि सरकार र संसद्को ध्यानाकर्षण हुन सकेको छैन। चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर १६औं पटक अनसन बसेका केसी र उनको अभियानका अभियन्तासँग सरकारका मन्त्री र संसद्का पदाधिकारी कसैले सम्पर्क गरेका छैनन्। केसीको मुख्य माग पूर्वसहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने छ।

बस्नै नसक्ने भए डा.केसी, सरकार मौन

१६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसी सत्याग्रहको चौथो दिन (शनिबार) सम्म आइपुग्दा उठेर बस्नसमेत नसकेका चिकित्सकले बताएका छन्।

डा.केसीको रगतमा ग्लुकोज घट्यो, शौचालय पुग्नै समस्या

सत्याग्रहमा रहेको तेस्रो दिन डा.गोविन्द केसीको रगतमा ग्लुकोजको मात्रा कम देखिएको छ। पसिना आउने र छाती दुख्ने समस्या देखिएपछि शुक्रबार इलाम अस्पतालका चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेका थिए।

डा.केसीको समर्थनमा र्‍याली

सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई समर्थन गर्दै जिल्लाका महिलाले र्‍याली प्रदर्शन गरेका छन्। केसीको सत्याग्रहस्थल फूलगाछीबाट सुरु भएकाे र्‍यालीले इलाम चोकबजारबाट मालापथ हुँदै पुनः चोकबजार परिक्रममा गरेको थियो।

१६औं सत्याग्रह तयारीमा डा.केसी

चिकित्सा क्षेत्र सुधारको माग गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह सुरु गर्दैछन्। गत साउन १० मा सरकारसँग भएको सहमति कार्यान्वयनसहित भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न माग गर्दै केसीले बुधबार इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गर्ने तयारी गरेका हुन्।

डा.केसीकाे अन्तिम चेतावनी : विधेयक तथा सम्झाैतामा चलखेल गरे पाैष १७ पछि सत्याग्रह

प्राध्यापक डा. गाेविन्द केसीले शिक्षा विधेयकमा भइरहेको चलखेल रोक्दै तत्काल सम्झौताबमोजिम विधेयक पारित गर्न तथा विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न अन्तिम चेतावनी दिएका छन्।

तोल्स्तोयको चिठी गान्धीलाई र केसी–सत्याग्रह

हाम्रो समाजमा निहत्था नागरिकले विना कुनै निजी स्वार्थ सार्वजनिक हितका लागि सत्याग्रहमा होमिन्छ भने उसको अवस्था कस्तो हुन्छ ? डाक्टर गोविन्द केसीको बूढो र जीर्ण शरीरले त्यसको उत्तर बताइदिन्छ।

डा. केसीको समर्थनमा टिचिङमा रिले अनशन, बसन्तपुरमा सामुहिक सत्याग्रह

नेपाल चिकित्सक संघको आह्वानमा अनशनरत डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमा आजबाट रिले अनशन सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्