१९ वैशाख २०८१ बुधबार
image/svg+xml

'इनफ इज इनफ' अभियानले पुनः थाल्यो सत्याग्रह(फाेटाे फिचर)

‘इनफ इज इनफ’ अभियानले पुनः सत्याग्रह थालेको छ। सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयका लागि कुनै पहल नगरेको भन्दै शनिवारदेखि पुनः सत्याग्रह सुरु गरेको हो। सहमतिको १२ दिन बित्दा पनि स्वास्थ्य मन्त्रालयले सो कार्यान्वयनका लागि पहल नगरेकाले बाध्य भएर बसन्तपुरमा पुनः सत्याग्रह थालिएको अभियानले जनाएको छ।

डा. गोविन्द केसीद्वारा दुई दिने सत्याग्रहको घोषणा

डा. गोविन्द केसीले सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका छन्। दार्चुलामा रहेका उनले सोमबार विज्ञप्ति जारी गरेर शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन् ।

भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन् : केसी

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै सत्याग्रह गर्दै आइरहेका डाक्टर गोविन्द केसीले अनशन स्थगित गरेसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुलापत्र लेखेका छन्। नौ दिनअघि १७ औं पटकको सत्याग्रह डडेल्धुराबाट थालेका डाक्टर केसीले मंगलबाह साढे चार बजे आमरण अनशन स्थगित गर्दै भारतीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खुलापत्र लेखेका हुन्।

डा. केसीको सत्याग्रहलाई समर्थन गर्दै डडेल्धुरामा प्रदर्शन

चिकित्सा क्षेत्रको सुधारका माग राख्दै पाँचदेखि आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिएको छ।

यसपटक जनता जाग्ने अपेक्षा

पहिलो पटक डडेल्धुरा पुग्दा स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले डडेल्धुरा अस्पताल जनप्रतिनिधिहरूको बेवास्ताको शिकार भएको प्रतिक्रिया दिएका थिए। सुदूरपश्चिम भ्रमणका क्रममा गत भदौ १२ गते पहिलो पटक डडेल्धुरा पुगेका उनले सुदूरपश्चिमको केन्द्रमा रहेको डडेल्धुरा अस्पताल र सुदूरपश्चिमेली पहाडी जनताको स्वास्थ्य उपचारको स्थिति देख्दा आफूलाई निकै चिन्ता लागेको बताएका थिए।

शान्तिपूर्ण र सत्याग्रहको विचार अझै सान्दर्भिक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताएका छन्।

सुदूरपश्चिममा अनसन बस्ने डा. गोविन्द केसीको संकेत

स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले डडेल्धुराका जनप्रतिनिधिहरुको वेवास्ताको शिकार डडेल्धुरा अस्पताल डडेल्धुरा भएको बताएका छन्।

ब्रिटिस गोर्खा सत्याग्रहको आन्दोलन स्थगित

बेलायत सरकारले विभेद् गरेको भन्दै आन्दोलन गरिरहेको ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलनका कार्यक्रमहरू स्थगन गरेको छ।

आजको सत्याग्रह

कवि रविन्द्रनाथ टैगोरले गान्धीलाई यसै भनेका होइन रहेछन्, ’एक्ला चलो रे।’ दृढ निश्चयी मानिसहरू अक्सर एक्लै हिँड्छन्। डाक्टर गोविन्द केसी जो यहाँ हामीसँगै हुनुहुन्छ कहिले रुकुम पुग्नुहुन्छ, कहिले रोल्पा पुग्नुहुन्छ, हैटी र बर्मा पुगेको भर्खरै मात्रै उहाँ आफैँ सुनाउँदै हुनुहुन्थ्यो। बर्मामा नर्गिस आँधीको चपेटामा परेकाहरूको सेवा गरेको घटना भर्खरै सुन्न पाइयो। को थियो त डाक्टर केसीको साथमा ? कोही थिएन।

राजमार्ग र चोकमा सत्याग्रह स्थगित

हिन्दु राष्ट्रको माग राख्दै धर्म निरपेक्षताविरुद्ध आन्दोलन सुरु गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबारदेखि गर्ने भनिएको राजमार्ग र चोकहरूमा सत्याग्रह कार्यक्रम स्थगित गरेको छ।

अबको निकास के ?

कुनैबेला डा. गोविन्द केसीले लुटतन्त्र, माफिया, गुन्डागर्दी र बेथितिले मुलुकमा शासन गरिरहेको छ भन्दा किन डा.साबले यति चर्को अभिव्यक्ति दिनुभएको होला भनेर म अचम्भित हुन्थेँ। तर लोकतान्त्रिक र राष्ट्रिय भावनाले ओतप्रोत भएको सरकारले आफैँ गर्नुपर्ने आधारभूत सवालमा माग राखेर सत्याग्रहमा बसेका डा. केसीमाथि धोका दिने र छलकपट गर्ने तथा पशुपति शर्माको गीतसँग डराउने सरकारका लागि उक्त विशेषणहरू चर्को नभएर नित्तान्त स्वाभाविक भएको आज जसरी नेपाली समाजले स्वीकार गरेको छ त्यसबाट ज्यादै गम्भीर राजनीतिक र सामाजिक सन्देश सञ्चारित भएको छ।

डा. केसीले दिए १७ औ अनसनको चेतावनी

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक पटक सत्याग्रह गर्दै आइरहेका डा. गोविन्द केसीले १७ औ अनसनको चेतावनी दिएका छन्।

आग्रह, दुराग्रह र सत्याग्रह

राजनीति धेरै थोक हो– यसका असंख्य आयाम छन्, असंख्य पाटा छन्। यीमध्ये एउटा पाटोमा राजनीति भनेको आग्रह÷दुराग्रहले सजिलै प्रवेश पाउने थलो पनि हो। जुनसुकै कालखण्डमा, जुनसुकै देशमा, जस्तोसुकै व्यवस्थामा बनेका जस्तासुकै पार्टीको सरकारले पनि राजनीतिक आग्रह/दुराग्रहको सामना गर्नैपर्ने हुन्छ। जस्तोसुकै पार्टीको सरकारले पनि प्रतिपक्षीप्रति कुनै न कुनै किसिमको आग्रह/दुराग्रह पालेकै हुन्छ। स्वाभाविक आग्रहको मात्रा कति छ र अस्वाभाविक दुराग्रहको मात्रा कति छ भन्ने कुरा भने त्यो देशमा लोकतन्त्रको परिपक्वता र राजनीतिक संस्कारको विकासले निर्धारण गर्ने कुरा हो। जहाँ लोकतन्त्र परिपक्व भइसकेको छ, त्यस्ता देशमा दुराग्रहको मात्रा कम हुन्छ र आआफ्ना निर्देशक सिद्धान्तबाट परिभाषित आग्रहबीच मात्र प्रतिस्पर्धा बढी हुन्छ। लोकतन्त्र परिपक्व नभइसकेको देशमा भने विचारको प्रतिस्पर्धा भन्दा बढी दुराग्रहको भूमिका हुन्छ।

प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : डा. केसी

१६ औं पटक सत्याग्रहमा रहेका डा.गोविन्द केसीले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।

डा. केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण

मानव अधिकार तथा शान्ति समाज खोटाङले डा. गोविन्द केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण गराएको छ। समाजले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै सत्याग्रहमा बसेका डा. केसीसँग बिगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनको जीवन रक्षाको लागि समेत माग गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै समाजले डा. केसीको अनसनमा सरकारले पूर्व सहमति अनुसार उचित निर्णय लिनुपर्ने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्