१० मंसिर २०८१ सोमबार
image/svg+xml

रातारात अतिक्रमण हुन लागेको जग्गा प्रहरीले जोगायो

अतिक्रमण गर्न प्रयोग गरिएका बाँसका किला हटाएर जमिन खाली गराएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमार खड्काले बताए। उनकाअनुसार अज्ञात समूहले रातिराति अतिक्रमण गर्दै किला ठोकेर घडेरी छुट्याउन खोजेको उद्योगले जमिन प्रहरी खटाएर सुरक्षित गरिएको हो ।

समूहचरणका खेल सम्पन्न

नेपाल विज्ञापन संघ आनको आयोजनामा ललितपुरमा जारी ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ मा समूहचरणका खेल सकिएका छन्। समूह चरणअन्तर्गत बिहीबार समूह ‘ए’ र ‘बी’ का खेल सम्पन्न भए। समूह ‘ए’ बाट सफ्ट नेप र सर्वोत्तम सिमेट प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

रिद्धी सिद्धि सिमेन्टको भेटघाट

रिद्धि सिद्धि सिमेन्टले भर्खरै मात्र बजारमा ल्याएको ओपिसी सिमेन्टबारे प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले निर्माण व्यवसायीसँग छलफल तथा भेटघाट गरेको छ। वैशाख १५ गते पोखरामा निर्माण व्यवसायीसँग भेटघाट गरेको कम्पनीले जनाएको छ।

हेटाैंडा सिमेन्ट उद्योगलाई बचाउन सबै एक हौँ : मन्त्री यादव

उद्योगको आज अनुगमन गर्दै मन्त्री यादवले उद्योगलाई बचाउनका लागि सक्दो प्रयास गर्नुपर्ने बताए। उनले जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए।

युनाइटेड सिमेन्ट्सको विशेष ग्राहक योजना

नया“ वर्षको उपलक्ष्यमा युनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकको लागि ‘युनाइटेड सिमेन्ट्सको उपहार सररर..... कार’ नामक योजना ल्याएको छ । यो योजनाअन्तर्गत हरेक २५ बोरा युनाइटेड सिमेन्ट खरिदमा ग्राहकले एउटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् ।

युनाइटेड सिमेन्टसलाई आइएसओ

केएल दुगड ग्रुप अन्तर्गतको संस्था युनाइटेड सिमेन्ट्स प्रालिले आइसिएसबाट आइएसओ ९००१ः२०१५ आइएसओ १४००१ः२०१५ को प्रमाणपत्र पाएको छ।

२५ सय मिटरको धावनमार्ग तयार

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तयार भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनमा राख्दै प्राथमिकतामा पारेको यो विमानस्थल निर्माण गति तीव्र रुपमा भइरहेको छ । धावनमार्ग पूरा भएको आयोजनाले बताएको छ । धावनमार्ग बाहेकका पूर्वाधार पनि धमाधम निमाण भइरहेको आयोजनाले बताएको छ ।

कतै आधा उत्पादनमा बस्नुपर्ने त होइन !

मुलुक सिमेन्ट र क्लिंकर उत्पादनमा आत्मनिर्भर भएको अवस्थामा निजी क्षेत्रका प्रतिनिधिले थप लगानी आवश्यक नभएको बताएका छन्।

शिवमकाे चौथो लक्की–ड्र

‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गत चौथो चरणको लक्की ड्र सकिएको शिवम् सिमेन्टले जनाएको छ ।

१५ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालन हुँदै

चिनियाँ कम्पनीको लगानीमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तिमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ। चिनियाँ लगानीकर्ताहरुको ह्वासिन् सिमेन्ट नारायणी प्रालिले नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको हो।

सिमेन्ट उद्योगमा १९ अर्बको लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार पाँच सय रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार सात सय ५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो।

शिवम् सिमेन्टको तेस्रो चरणको लक्की–ड्र सम्पन्न

शिवम् सिमेन्टले “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” उपभोक्ता योजना अन्तर्गत पुनः तेस्रो चरणको ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्र गरी सार्वजनिक गरेको छ।

पाँच अर्बका कोइला कोलकाता बन्दरगाहमा डम्प

सिमेन्ट उद्योगका लागि तेस्रो मुलुकबाट आयात गरिएको करिब पाँच अर्ब रुपैयाँको कोइला भारतको कोलकाता बन्दरगाहमा डम्प भएको छ। तेस्रो मुलुकमा उत्पादित वस्तु भारतबाट आयात गर्न नपाउँदा नेपाली सिमेन्ट उद्योगीको अर्बौं रुपैयाँ लगानी डम्प भएको हो।

नियमित विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्टलाई करौडौं घाटा

पुनर्जीवन पाएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग प्रालि पछिल्लो महिना नियमित विद्युत् नहुँदा थलिँदै जान थालेको छ। एक सेकेण्ड मात्र विद्युत् अवरुद्ध हुँदा पनि लाखौं घाटा लाग्ने उद्योगमा दैनिक १३ घण्टासम्म विद्युत् कटौती हुन थालेको छ।

चालु आर्थिक वर्षमा पाँच नयाँ सिमेन्ट उद्योग दर्ता

चालु आवको पहिलो पाँच महिनामा पाँच सिमेन्ट उद्योग दर्ता भएका छन्। ती मध्ये चार ठुला उद्योग रहेको उद्योग विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्