५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

हेटाैंडा सिमेन्ट उद्योगलाई बचाउन सबै एक हौँ : मन्त्री यादव

फाइल तस्बिर

हेटौँडा - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले हेटाैंडा सिमेन्ट उद्योग देशको इतिहास मात्र नभएर भविष्यसमेत भएकाले सबै मिलेर बचाउनुपर्ने बताएका छन्।

उद्योगको आज अनुगमन गर्दै मन्त्री यादवले उद्योगलाई बचाउनका लागि सक्दो प्रयास गर्नुपर्ने बताए। उनले जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए।

सरकारी कर्मचारी उद्योगको मालिकसमेत भएकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको धारणा थियोे। उद्योगलाई परेका समस्या समाधान गर्नका लागि सरकार तयार रहेको मन्त्री यादवको भनाइ थियो।

अनुगमनसँगै निजी उद्योगले प्रशस्त सिमेन्ट उत्पादन गरेर बजार लिइरहेको वर्तमान अवस्थामा हेटौँडा सिमेन्ट उद्योगको अवस्था पहिचान गर्न र थप व्यवस्थित तथा निजी सिमेन्ट उद्योगसँग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने विषयमा आज मन्त्री यादवसहितको टोलीले अन्तरक्रिया गरेको उद्योगका अध्यक्ष रघुरमण न्यौपानेले बताए।

अन्तरक्रियामा मन्त्री यादवसँगै उद्योग मन्त्रालयका सचिव एमकुमारी खतिवडा, प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष न्यौपाने, उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंह, विभिन्न ट्रेड युनियनका प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रकाशित: १७ वैशाख २०७६ १६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App