५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

प्रदेश ५ : कोरोना शून्यमा झरेपछि नाम र राजधानी

प्रदेश ५ को सरकारले कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम ल्याएको छ। शनिबार प्रदेश सभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रमम प्रस्तुत गरे।

जीवन रहे सिँगार्न सकिन्छ भन्ने मान्यता

प्रदेश ५ को सरकारले कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम ल्याएको छ। शनिबार प्रदेशसभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरे।

नियन्त्रणका लागि गरिएका प्रयास र तयारी फितलो

प्रदेश ५ मा बुधबार साँझसम्म संक्रमितको सख्या १ सय ९५ पुगेको छ । संक्रमितको संख्या थपिदै जाँदा तीनको उपचारमा समस्या भइरहेको छ । आइसोलेसन बेड अभाव हुँदा कपिलवस्तु, नवलपरासी र बाँकेका संक्रमितहरु क्वारेन्टिनमै बस्न बाध्य छन । सुरुमै आइसोलेसन अस्पताल बनाएर सुरुवाती चरणमा प्रशंसनीय काम गरेको प्रदेशले आइसोलेसन अस्पतालको क्षमता बिस्तार नगर्दा संक्रमितलाई क्वारेन्टिनमै राख्नुपर्ने अवस्था आएको हो ।

समस्या थपिदै गएको छ समाधान खोज्दै जाने हो : मुख्यमन्त्री पोखरेल

कोरोना भाइरस (कोभिड–१९) को सन्दर्भमा प्रदेश ५का मुख्यमनत्री शंकर पोखरेलले रुपन्देहीका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायसँग भैरहवामा छलफल तथा सुझाव लिएका छन् ।

बाँकेको नरैनापुरमा कोरोना संक्रमित भेटिएपछि त्रासमा सर्वसाधारण

भारतीय सिमासँग जोडिएको जिल्लाको नरैनापुरका आठ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । नरैनापुरको ६ वटै वडा नेपाल–भारत सिमासँग जोडिएका छन् । खुल्ला सिमाका कारण संक्रमित ब्यक्ति भारतबाट भित्रिने जोखिम रहेको स्थानीयको भनार्ई छ ।

बाँकेमा ८ जना थपिए‌संगै काेराेना संक्रमित संख्या ३३ पुग्यो

बाँकेमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार ८ जनामा भाइरस संक्रमित भएको पुष्टि भएसँगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । भारतबाट फर्कने नेपालीको संख्या बढेसँगै बाँके लगायतका भारतसँग जोडिएका जिल्लामा संक्रमण फैलने जोखिम बढ्दै गएको छ ।

‘वाटरपार्क’ निर्माणको काम शुरु

लकडाउनका आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी यहाँ वाटरपार्क सौन्दर्य अभिवृद्धिको काम शुरु गरिएको छ । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतका सट्टा उपभोक्ता समितिमार्फत रोजगार दिने निर्णय गरेअनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् ।

लकडाउनमा किसानलाई धानको 'वियाड' राख्न चटारो (फोटो फिचर)

राजापुर नगरपालिका–१० का राम लौटन चौधरीलाई धान बियाड राख्ने चटारो छ । जेठ दोस्रो हप्ता सम्म धान बियाड राख्न नसके हिउदे बालीमा हानी हुने सक्ने भन्दै परिवार ८ जना सदस्यनै बिहानै खेतमा पुगिसक्छन् । बन्दा बन्दी भएको अवस्थामा धौ धौ धानको बियाड पाएको उनले सुनाए ।

कोभिड विशेष कृषि कार्यक्रमका लागि ५१ करोड

प्रदेश सरकारले कोभिड-१९ बाट प्रभावित किसानका लागि राहत र अनुदानसहितको विशेष कार्यक्रम ल्याएको छ । कोभिड-१९ विशेष कृषि कार्यक्रम अन्तरगत ५१ करोड १४ लाख रकम कृषि क्षेत्रमा खर्च गर्ने निर्णय बिहीबारको मन्त्रीपरिषद बैठले गरेको हो । सो रकम चालु आर्थिक वर्ष भित्रै खर्च गरीसक्ने गरी योजना बनाइएको छ । कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स परिचालनमा ३४ लाख छुट्याइएको छ ।

रुपन्देही र बाँकेमा ४ सय आइसोलेसन बेड थपिने

कोभिड-१९ का बिरामीको संख्या थपिदै गएपछि प्रदेश सरकारले आइसोलेसन अस्पतालको क्षमता बढाउने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले बुटवल, भैरहाव र बाँकेमा थप ४ सय बेड क्षमता बिस्तार गर्ने निर्णय गरेको हो ।

प्रदेश ५ मा ६ महिनालाइ पुग्ने खाद्यान्न मौज्दात

प्रदेश ५ मा ६ महिनासम्मका लागि खाद्यान्नको प्रयाप्त मौज्दात रहेको प्रदेश सरकारले जनाएको छ । लकडाउन लम्बिँदै र संक्रमितको सख्या थपिदै जाँदा खाद्यान्न अभाव हुन सक्नेप्रति सरोकारावालाले चिन्ता व्यक्त गरेका छन् । तर प्रदेश सरकारले भने ६ महिनाका लागि खाद्यान्नको अभाव नहुने जनाएको छ ।

संक्रमितको संख्या बढेसँगै उपचारमा समस्या, तयारी सुस्त

प्रदेश नं. ५ मा संक्रमितको संख्या बढ्दै छ । अहिले सम्म ९३ जना संक्रमित देखिएका हुन् । एक जना निको भएर घर गएका छन् । ९२ जना मध्ये ८२ जनालाई अस्पताल ल्याइएपनि बेड अभावमा १० जना संक्रमितलाई अहिले सम्म अस्पताल ल्याइएको छैन् ।

बाँकेका अस्पतालमा कोरोना उपचार

नेपालगन्जमा पहिलो कोरोना संक्रमित फेला परेको दुई साता पुग्दा अहिलेसम्म संक्रमितको संख्या २५ पुगिसकेको छ । पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमार्फत नेपालगन्ज–८ निवासी २४ जना संक्रमित फेला परेका हुन् ।

बाँकेका अबैध नाकाबाट साढे चार सय भित्रिए (अपडेट)

बाँकेको विभिन्न अबैध नाकाबाट ४ सय ४७ जना नेपाली नागरिक प्रवेश भएका छन् । सबैभन्दा बढी जिल्लाको राप्तीपारी नरैनापुरका नाकाबाट भित्रिएका छन् । उक्त नाकाबाट ३ सय ७३ जना प्रवेश भएका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले सिमाबाट प्रवेश भएर आएका ३ सय ७३ जनालाई ८ वटा क्वारेन्टाइनमा राखिएको बताए । ‘केहीदिन अघि सीमापारी आएर बसेका थिए, उनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखेका छौं,’ अध्यक्ष शाहले भने ।

प्रदेश ५ मा २३ जना संक्रमित थपिए, संक्रमित संख्या ९३ पुग्यो

प्रदेश न. ५ का ४ जिल्लामा बुधबार कोरोनाका २३ जना नयाँ संक्रमित थपिएका छन् । ४ र १० बर्षका बालिका सहित महिला र सुरक्षाकर्मीलाइ समेत कोरोना संक्रमण देखिएको छ । बुधबार रुपन्देहीमा दुइ बालिका सहित १२ जना, कपिलवस्तुमा चार जना सुरक्षाकर्मी सहित ९ जना र बाँके र नवलपरासीमा एक/एक जना संक्रमित फेला परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्