११ मंसिर २०८१ मंगलबार
image/svg+xml

लुकाएर राखेको ३४ बोरा रासायनिक मल जफत

चुत्राबेसी बजारमा कृषि सहकारीलाई वितरण गर्न ल्याएको मल अनाधिकृत रुपमा बिक्री गर्न लुकाइ राखेको साढे ३४ बोरा रासायनिक मल जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले बताए।

७० लाख सहकारी पीडितले न्याय नपाएसम्म कांग्रेसको सङ्घर्ष जारी रहन्छ: नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी रहने बताएका छन्।

प्राईम सहकारीमा बचतकर्ताको डेढ अर्ब हिनामिना

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताको डेढअर्ब रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ।

रविविरुद्ध उजुरी नपरेको महान्यायाधिवक्ता कार्यालयको स्पष्टोक्ति

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेविरुद्ध अहिलेसम्म कुनै पनि सहकारीका तर्फबाट उजुरी, जाहेरी नपरेको स्पष्ट पारेको छ।

सर्वदलीय निर्णय भयो भने सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सहमत हुने रास्वपाको निष्कर्ष

राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तामा रहेका दलहरुको सर्वदलीय निर्णय भयो भने सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्न आफूहरु सहमत हुने बताएको छ।

गृहमन्त्री गुहार्दै सुप्रिम सहकारीका पीडित

तिलोत्तमा नगरपालिका– २ जानकीनगरका सुप्रिम सहकारीका पीडितहरूजिबी राई (गितेन्द्रबाबु) र गृहमन्त्री रवि लामिछाने मिलेर आफूहरूलाई ठगेको भन्दै आक्रोश पोखिरहेका छन्।

धनुषामा पेस्तोल देखाएर ८० लाख लुटपाट

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट अज्ञात समूहले पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका हुन्।

न्यायको पर्खाइमा सुप्रिम सहकारी पीडित

सुप्रिमको ठगी प्रकरणमा जोडिएका रवि लामिछानेलाई नै गृहमन्त्री बनाइएको भन्दै सहकारी पीडितहरूले न्याय पाउनेमा आशङ्का व्यक्त गरेका छन्।

सहकारी ठगी छानबिन गर्न संसदीय समिति बन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बन्ने बताएका छन्।

शीत भण्डारलाई विद्युत् छुट दिन निर्देशन

प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले शीत भण्डारलाई विद्युत् छुट सुविधा दिन निर्देशन दिएको छ।

आरजुको प्रश्न: नेपाल सरकारको प्राथमिकतामा पोषण पर्छ कि पर्दैन ?

नेपाली काँग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले सरकारले पोषण क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताएकी छन्।

सबैभन्दा गरिब बाजुरेली, धनी मुस्ताङे

देशभरमा सबैभन्दा गरिब परिवार बाजुरेली तथा धनी परिवार मुस्ताङे रहेको पाइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको गरिब पहिचान कार्यक्रमबाट यस्तो तथ्यांक तयार भएको हो।

कामधेनु सहकारीको छुर्पी विदेश निर्यात हुने

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले उत्पादन गरेका छुर्पी लगायतका दुग्धजन्य वस्तु विदेश निर्यात हुने भएको छ।

पोखराका ६ सहकारी पीडितको संयुक्त प्रदर्शन

पोखराका ६ वटा सहकारीका बचतकर्ताले आफूहरूको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्