१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण यहाँका अस्पतालमा बिरामीको चाप बढेको छ।  मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएका छन्।

गगन थापाको चुनाबी अभियानमा बम अाक्रमण : घाइतेको अवस्था बुझ्न शिक्षण अस्पतालमा शुभेच्छुकको भिड (फोटो)

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापा बम आक्रमणमा घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। बुढानिलकण्ठ नगरपालिका(२ चपलीको माटो कोलनीमा चुनाबी अभियानका क्रममा उनीमाथि सोमबार आक्रमण भएको हो। घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्।

बम अाक्रमणमा घाइते हुनेको संख्या ११ पुग्यो, शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ६ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम अाक्रमण भएको हो।

समस्यामा कान्ति बाल अस्पताल

मुलुककै एक मात्र केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताल समस्यै–समस्याले ग्रस्त बनेको छ । अस्पतालका भौतिक पूर्वाधार पुराना र जीर्ण छन्, कतिपय ठाउँमा पानी चुहिन्छ, मुख्य बाटोका शौचालय बन्द छन्, धारामा धमिलो आउँछन् । सरसफाइ नै अस्पताललाई चुनौती बनेको छ । अस्पताल पूर्ण सञ्चालन गर्न न जनशक्ति छ न बजेट पुग्दो छ ।

अस्पतालमा मौसमी फ्लुका बिरामी

जाडो मौसम सुरु भएदेखि नै राजधानीमा सिजनल फ्लु (मौसमी रुघाखोकी)देखा परेको छ । दैनिक औसत १५ जना मौसमी फ्लुका बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आउने गरेको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए ।

अभाव झेल्दै भक्तपुर क्यान्सर अस्पताल

कुनै बेला भक्तपुर क्यान्सर अस्पतालको पुरानो भवनमा बिरामीहरूले दिवा सेवा लिएर जान्थे । सेवा दिने र लिने दुवैलाई राहत हुन्थ्यो । २२ वर्षको अन्तरालमा अस्पतालको रूप फेरिएको मात्रै छैन सेवा पनि विस्तार भएको छ । क्यानसरका बिरामीहरूलाई सेवा दिइरहेको यो अस्पतालको विस्तारसँगै अभाव पनि चुलिँदै गइरहेको छ ।

कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी

मुुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्थ अर्कै छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शड्ढया छन् ।

प्रधानमन्त्री देउवा निधिको स्वास्थ्य बुझ्न ओम अस्पतालमा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत काँग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

अस्पतालको 'बेड'बाट निधिको आह्वान : निर्वाचनमा सक्रिय रहनु होस्

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सक्रिय रहन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। नियमित स्वास्थ्य परिक्षणका क्रम ओम अस्पताल पुगेका निधिलाई चिकित्सकले अस्पतालमै बसेर उपचार गर्न सल्लाह दिएपछि मंगलबार अपील जारी गर्दै लोकतन्त्र रक्षाका लागि काँग्रेसले जित्नै पर्ने उल्लेख गरेका हुन्।

अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध (फाेटाे फिचर)

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा आपन्त र शुभेच्छुकहरु आउने क्रम जारी छ। नर्भिक अस्पतालका महाप्रबन्धक रवि शर्माले दाहालको निधन भएको पुष्टि गरेका छन।

प्रकाश दाहाल नर्भिक अस्पतालमा भर्ना

काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल आकाश्मिकरुपमा अस्पताल भर्ना भएका छन्। हृदयघात भएपछि उनलाई आज बिहान साढे ५ बजे नर्भिक अस्पताल पुर्‍याइएको पारिवारिक स्रोतले जनाएको छ। उनलाई के भएको भन्नेबारे अहिलेसम्म केही खुलाइएको छैन।

बेसीसहरमा अस्पताल नजिकै शंकास्पद वस्तु फेला

प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा बेसीसहरमा शंकास्पद वस्तु फेला परेको छ। सदरमुकाम बेसीसरहस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउचाउको कार्टुनमा विद्युतीय तार जोडेको र भित्र चिया पकाउने किट्ली राखेको अवस्थामा उक्त वस्तु भेटिएको हो।

नर्भिक अस्पतालमाथि आपूर्तिको छानबिन

निजी क्षेत्रको नर्भिक अस्पतालले विरामीसँग गैर कानुनी रुपमा हस्पिटल सर्भिस चार्ज लिएको आरोपमा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन सुरु गरको छ।

एक लाख घुस सहित गौर अस्पतालका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौर अस्पतालका एक कर्मचारीलाई घुसको एक लाख रुपैयाँ सहित पक्राउ गरेको छ। ठेकेदारसित घुस लिएको रकम सहित अख्तियारको हेटौँडा क्षेत्रीय कार्यालयले मंगलवार जिल्ला अस्पताल गौरका इमर्जेन्सी इन्चार्ज प्रवीणकुमार झालाई पक्राउ गरेको हो।

बिदामा बसेका कर्मचारी नफर्कंदा अस्पतालको सेवा प्रभावित

बिदामा बसेका कर्मचारी काममा नफर्कंदा जिल्ला स्वास्थ्य कार्यालय खोटाङको कामकाज प्रभावित भएको छ । बिदामा बसेका कर्मचारीहरू काममा नआउँदा जिल्ला अस्पतालको ल्याब सेवा, बहिरंग विभाग, अन्तरंगलगायतका सेवा प्रभावित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्