‘वैदेशिक रोजगारी ठगी मुद्दाको अनुसन्धान प्रहरीले गर्नुपर्छ’
हाल वैदेशिक रोजगारीको क्रममा पीडित भएका व्यक्तिको उजुरी लिएपछि विभागका अधिकारीहरूले नै मुद्दाको अनुसन्धान र अभियोजन गर्ने गर्छन्।
हाल वैदेशिक रोजगारीको क्रममा पीडित भएका व्यक्तिको उजुरी लिएपछि विभागका अधिकारीहरूले नै मुद्दाको अनुसन्धान र अभियोजन गर्ने गर्छन्।
कतारमा चिनजान भएका साथी चन्द्रमणि राईले सापटी मागेपछि खोटाङ केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका नरभक्त राईले सहजै पैसा दिए। तर प्रवासमै दुई महिनाका लागि सामान्य कागज गरेर साथीलाई दिएको चार हजार चार सय कतारी रियाल नरभक्तले पाँच वर्ष पुग्न लाग्दासमेत फिर्ता पाउन सकेका छैनन्।
सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ। व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन्। आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ।
वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन्।
रुकुम र धादिङका दुई युवालाई ‘बाबा’ले क्यानडाको नक्कली भिसा बनाइदिएर त्रिभुवन विमानस्थलबाटै उडाउन खोजेका थिए।
जुम्लाका स्थानीय तहमा दलित र जनजातिका नाममा अनुदानमा आएको सोलारमा व्यापक ठगी भएको पाइएको छ। चन्दननाथ नगरपालिका २ का मीनवहादुर मल्लले अनुदानको सोलारमा ठगी गरेको भेटिएको छ। वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रले कर्णालीका दलित र जनजातिका लागि अनुदानमा सोलार उपलव्ध गराएको थियो।
प्रहरीले अनुसन्धान क्रममा बाँके र बर्दियाका सीमा क्षेत्रका नेपाली ठगिएको, दाङ, मोरङ, झापा, महोत्तरी, कैलाली र कञ्चनपुरसम्म ओरियन्स सञ्जाल रहेको भेटेको छ। मोरङमा ओरियन्सका सदस्य अधिक भएको खुलेको छ ।
ठगी आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वअर्थ सहायकमन्त्री रूपज्योतिले आफूलाई सरकारकै केही व्यक्तिले नियोजित रूपमा फसाउन खोजेको दाबी गरेका छन्। बिहीबार सिंगापुरबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका उनले आफू निर्दोष रहेको जिकिर गरे।
नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाहीगर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताए ।
जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्यालले अनुसन्धानका लागि रुपज्योतिलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन्।
नक्कली कागजात तयार गरी चार करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ बेँसीगाउँबाट पक्राउ गरेको छ।
विदेश जाने कामदारसँग धेरै रकम असुल गरेको आरोप खेपिरहेका म्यानपावर व्यवसायीले राज्यलाई तिर्नुपर्ने करसमेत छली गरेको फेला परेको छ।