४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अनुदानको सोलारमा १५ लाखकाे ठगी

अनुदानको सोलारमा पन्ध्र सय रुपैयाँ उठाउने मीनवहादुर मल्ल। तस्बिरःधनबहादु/नागरिक

जुम्ला- जुम्लाका स्थानीय तहमा दलित र जनजातिका नाममा अनुदानमा आएको सोलारमा व्यापक ठगी भएको पाइएको छ। चन्दननाथ नगरपालिका २ का मीनवहादुर मल्लले अनुदानको सोलारमा ठगी गरेको भेटिएको छ। वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रले कर्णालीका दलित र जनजातिका लागि अनुदानमा सोलार उपलव्ध गराएको थियो।

हाम्रो साझा बहुउद्देश्यि सहकारी संस्थाले चन्दननाथ नगरपालिकाको न्यायिक समितिमा अनुदानको सोलारमा ठगी भएको उजुरी दिएपछि यो विषय बाहिर आएको हो। उजुरीमा दलित र जनजातिबाट मल्लले प्रति सोलारबाट एक हजार पाँच सय रुपैयाँ असुलेको उपमेयर तथा न्यायिक समिति संयोजक अप्सरादेवी न्यौपानेले जानकारी दिइन्।

उनका अनुसार चन्दननाथ नगरपालिका जुम्लामा मल्लले १ हजार अनुदानका सोलारबाट १५ लाख रुपैयाँ दलित र जनजातिबाट असुलेका हुन्। उनले भनिन्, 'पाँच पटक सम्म छलफलमा बोलाएर छलफल चलायौँ, छलफलका माध्यमबाट समस्याको समाधान निस्कन सकेन।’ न्यायिक समितिको छैठौंँ पटक बसेको न्यायिक समितिले मल्ललाई अदालत पठाउने निर्णय गरेको न्यौपाने बताउँछिन्। उनले थपिन्, ‘छलफलमा सहजै रुपमा रकम फिर्ता गर्न भनेका थियौँ। तर नमानेपछि अदालतमै पठाउने निर्णय गर्न बाध्य भयौँ।

अनुदानका सोलारबाट ठगेको १५ लाख रुपैयाँ मध्ये ७ लाख ४० हजार रुपैयाँ मल्लले जम्मा गरिसकेका छन्। बाँकी रकम दिन नमानेका कारण मल्ललाई अदालत पठाउने निर्णय भएको न्यायिक समितिले जनाएको छ।

जुम्लामा २ हजार २०१ वटा अनुदानका सोलार आएका थिए। २२ सय १ सोलार मध्ये चन्दननाथ नगरपालिकामा १ हजार, गुठीचौर गाउँपालिकामा १ सय ५० र तातोपानी गाउँपालिकामा ४ सय ७० सोलार वितरण गरिएको थियो। गुठीचौरबाट २ लाख २५ हजार, तातोपानीबाट ७ लाख ५ हजार र चन्दननाथ नगरपालिकाबाट १५ लाख रुपैयाँ सोलारबाट मल्लले ठगी गरेका हुन्।

वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रले सोलारको ढुवानी र जडान खर्च जोडेर अनुदानका सोलार जुम्ला पठाएको थियो। सोलार ढुवानी गर्ने सिआरसीले ढुवानीमा बेइमान गरेका कारण नागरिकबाट रकम लिनु परेको मल्लले बताएका छन्। उनले जनप्रतिनिधिसंगको आपसी समन्वयमा रकम उठाएको बताएका छन्।

अनुदानको सोलारमा ठगिएको रकम तत्काल फिर्ता गर्न जनताले माग गरेका छन्। उनीहरुले जनताको नाममा आएको सेवा सुविधामै ठगि हुन थालेको भन्दै आफुहरुलाई ठग्नेलाई हदैसम्म कारवाही गर्न माग समेत गरेका छन्।

यसअघि मल्लले तिला गाउँपालिका वडा नम्बर २ मा पनि अनुदानका सोलारमा ठगि गरेका थिए। तर जनप्रतिनिधिको पहलमा रकम फिर्ता गरेको स्थानीय बताउँछन्। अनुदानका सोलारमा ठगि भएको गुनासो आएपछि जिल्ला समन्वय समितिले स्थानीय तहलाई अनुदानको सोलारमा भएको ठगिएको बिषयमा स्पष्टिकरण माग गरेको थियो। २० वाटको सुनेरा कम्पनीको सोलार हप्ता दिन नपुग्दै बिग्रिने गरेका छन्। कसैले नबालेकै कारण बिग्रेका छन्। त्यो सोलारबाट बत्ति राम्रोसंग आउदैन।

उक्त सोलारबाट चारवटा बल्व बालेका छन्। तीन वटा चार्ज कन्टोलर परिवर्तन गरेर सोलार प्रयोगमा ल्याएको स्थानीय बताउँछन्।  


 

प्रकाशित: २८ कार्तिक २०७६ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App