१० मंसिर २०८१ सोमबार
image/svg+xml

फलफूलका बिरूवाबाट मनग्ये आम्दानी

सतबाँझमा स्याउ, नासपती, ओखर, आरु, आरुबखडा, जैतुन, कागती लगायतका बिरुवा उत्पादन गर्ने गरिएको छ। जिल्लाका स्थानीय तहहरुले पनि किसानहरुलाई फलफूल खेतीतर्फ आकर्षण गराउन थालेका छन्।

विरामीलाई फलफूल वितरण

बराहताल गाउँपालिका–६ स्थित इखेनी बस्तीबाट सुरु भएको सप्ताहब्यापी कार्यक्रम शनिबार लोपोन्मुख राउटे समुदायलाई न्यानो कपडा वितरण गरेर सम्पन्न गरिने छ ।

साढे आठ सय किसानलाई फलफुलको बेर्ना

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थाले साढे आठ सय किसानलाई फलफुलको बेर्ना वितरण गरेको छ । वडालाई फलफुलको उत्पादन क्षेत्रकारुपमा स्थापित गर्ने लक्ष्यकासाथ सहकारीका पाँच सय सदस्य तथा अन्य किसानलाई सुन कागती, आँप, लिची र एभोकार्डोको बिरुवा वितरण गरेको हो ।

प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने

बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारीलाई मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको छ।

लगानी अभावमा सात वर्षदेखि अलपत्र फलफुल प्रशोधन उद्योग

सिन्धुलीमा निर्माणाधिन रहेको फलफुल प्रशोधन उद्योग अलपत्र परेको छ। करिब सात वर्ष अगाडिबाट निर्माण सुरु भएको फलफुल प्रशोधन उद्योग लगानीको अभावमा अलपत्र परेको हो। यहाँको कमलामाई नगरपालिका–४ मा निर्माणाधिन फलफुल प्रशोधन उद्योग दाताले हात झिकेपछि अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन्।

‘विषादीयुक्त’ भारतीय तरकारी र फलफुल प्रधानमन्त्रीलाई उपहार

नेपाल बिद्यार्थी संघ बाँकेले सांकेतिक बिरोध स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरकारी र फलफुल उपहार स्वरुप पठाएको छ। भारतबाट आउने तरकारी र फलफुलको विषादी परीक्षण नगरेर जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत काठमाडौं पठाएको हो।

भारतको दबावपछि तरकारीमा विषादी परीक्षण स्थगित

भारतको दबावपछि सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण नगर्ने भएको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने भएको हो।

किसानलाई फलफुल प्रशोधन तालिम

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानलाई १५ दिने फलफूल प्रशोधन तालिम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा गाउँपालिकाका १३ किसानलाई सुन्तला, अमला, अदुवा, गोलभेंडा, फर्सी, भुईंस्याउ, कुभिण्डो प्रशोधन तालिम दिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्