९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

कोरोनाको स्रोत पत्ता लगाउन चीन पुग्यो डब्लुएचओको टोली

विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमित चीनको वुहानमा फेला परेकाे भनिए पनि अझै यसको स्रोत स्पष्ट भइसकेको छैन ।

विश्वमा शनिबार संक्रमितको संख्या अहिलेसम्मकै उच्च : डब्लुएचओ

विश्वमा कोभिड–१९ संक्रमितको संख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर संक्रमितको संख्या २ लाख १२ हजार ३ सय २६ रहेको थियो ।

कोरोनाको मुहान पत्ता लगाउन वुहान जाँदै डब्लुएचओको टोली

अन्तर्राष्ट्रिय विशेषज्ञको एक टोली वुहान गएर कोरोना महामारीको सुरुवात कसरी भयो भन्ने पत्ता लगाउने कोसिस गर्नेछ।

'राम्ररी क्वारेन्टिन राख्न सके कोरोना परीक्षण नगर्दा फरक पर्दैन'

किनभने उक्त व्यक्ति पहिले नै निको भइसकेको हुन्छ। तसर्थ हामीले क्वारेन्टिन राम्रोसँग गर्न सक्यौं भने टेस्ट नगर्दा पनि फरक पर्दैन। तर क्वारेन्टाइन कसरी राम्रोसँग गर्ने भन्नेमा हामीसँग दुईवटा उपायहरु छन्।

महामारी सकिएको छैन, सतर्कता अपनाऔं : डब्लुएचओ

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले बन्दाबन्दी (लडकडाउन) खुकुलो बनाए पनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अपिल गरेका छन् ।

डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने चेतावनी दिएका छन्। उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन्।

विश्वभर चार करोड बालबालिकाले धुम्रपान गर्छन्: डब्लुएचओ

विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह

यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताएका छन् ।

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६२ हजार भन्दा बढीको मृत्यु, ५९ लाख संक्रमित जेनेभा

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८ पुगेको छ भने, संक्रमितको संख्या ५९ लाख २० हजार २५८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो: डब्लुएचओ

डब्लुएचओले बुधबार एकै दिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ। गत डिसेम्बरमा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो संख्या देखिएको हो।

संक्रमण फैलिनुको कारण खोजिँदै

विज्ञटोलीले नेपालगन्जमा कोरोना भाइरसको संक्रमण एकैपटक धेरै व्यक्तिमा फैलिनुको कारण पत्ता लगाउन अध्ययन सुरु गरेको छ।

'र्‍यापिड टेस्ट किट विश्वासयोग्य छैनन्'

कोरोना भाइरस संक्रमण पत्ता लगाउन विभिन्न जिल्लामा -यापिड टेस्ट गर्ने तयारी सरकारले गरिरहेका बेला विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले यस्तो परीक्षण विश्वसनीय हुन नसक्ने जनाएको छ। किटहरूको गुणस्तरमा प्रश्न उठेकाले नतिजा भरपर्दो हुन नसक्ने उसको भनाइ छ।

डब्लुएचओको निर्देशिका अवरोध: विज्ञ

डब्लुएचओले संक्रमणको लक्षण देखिएका व्यक्तिको परीक्षण गर्न निर्देशिका जारी गरेको छ तर लक्षण नै नदेखिएका व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ।

अफ्रिकामा प्रतिरोधको तयारी छैन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमण प्रतिरोधका लागि अफ्रिकामा तयारी नभएको भन्दै शनिबार चासो व्यक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्