१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

नेकपामा नेता नेपाल ओझेलमा

बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि शुक्रबार हुने स्थायी कमिटी बैठकमा पेस गर्ने सहमतिको प्रस्तावमा एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कहीँकतै उल्लेख गरिएको छैन।

स्थायी कमिटीमा दुई अध्यक्षले सहमतिको प्रस्ताव ल्याउने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आन्तरिक विवाद समाधानका लागि सहमतिको प्रस्ताव ल्याउने भएका छन्।

अन्योलमा ओली

पार्टीभित्रको विवाद समाधान गर्न पुरानालाई नै मन्त्री बनाउनुपर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई भए पनि सरकार सञ्चालनमा प्रभावकारी काम गर्न नसकेकोमा कतिपय मन्त्रीसँग उनको खटपट छ।

ओलीलाई अर्को धक्का, राष्ट्रियसभामा फेरि गौतम सिफारिस

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै ओली दलभित्र आफूलाई जोगाउन सफल भए पनि आफ्ना विश्वासप्राप्त अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई पुनः सांसद बनाउने उनको योजनामा बिराम लागेको छ।

नेकपा विवाद, सुल्झनेभन्दा बल्झनेतर्फ

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र राष्ट्रिय सभा सदस्यमा पार्टीकै उपाध्यक्ष वामदेव गौतमले चाहना गरेपछि सचिवालयको बैठक विवाद सुल्झनेभन्दा बल्झनेतर्फ उन्मुख भएको छ। नेकपाभित्रको आन्तरिक विवाद सुल्झाउने क्रममा बनेको सुझाव कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको सचिवालय बैठकमा प्रतिवेदनभन्दा पनि गौतमलाई राष्ट्रिय सभामा पठाउने पुरानो निर्णय कार्यान्वयनको विषयले प्रवेश पाउने हुँदा आन्तरिक विवाद समाधानभन्दा थप विवादतर्फ मोडिने संकेत देखा परेको हो।

दाहालको आत्मसमर्पण कि सम्झौता !

दाहाल समूहका नेताहरूले पनि ओलीले अल्मलाउन यस्तो गरेको हुनसक्ने र दाहाल कहीँकतै मौखिक समझदारीमा अल्मलिएका हुन् कि भन्ने आशंका गरेका छन्।

कार्यदलको छलफल गौतमको प्रस्तावसँग मिल्दोजुल्दो

कार्यदल स्रोतका अनुसार अहिले समग्र विषयलाई ध्यान दिनुभन्दा पनि पार्टी गतिविधिलाई सूचारु गर्ने तथा सरकारलाई स्थायित्व दिने विषयमा छलफल चलिरहेको र त्यसैका आधारमा सुझाव तयार पार्ने काम भइरहेको छ।

कार्यदललाई वैधानिकता दिन सचिवालय बैठक

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानका लागि गठन भएको कार्यदललाई वैधानिकता दिन सोमबार बिहान सचिवालय बैठक बोलाइएको छ। पार्टीका तीन शीर्ष नेता झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय बैठक बोलाएका हुन्।

ओली–दाहाल सहमतिप्रति आशंका

तीन महिना लामो आन्तरिक विवादमा गुज्रेको नेकपाभित्र अब प्याकेजमै सहमति गरेर विवाद टुंग्याउन भन्दै कार्यदल गठन भएको हो ।

नेकपामा सहमति खोज्न कार्यदल

तीन महिनासम्म आन्तरिक विवादमा अल्झिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्याकेजमै सहमति खोज्न कार्यदल गठन गरिएको छ। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पमकल दाहालबीच बिहीबार र शुक्रबार भएको संवादपछि सहमतिको प्याकेज तयार पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो। वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीभित्रको विवाद समाधान गर्न प्याकेजमै सहमति हुनुपर्ने बताउँदै आएको थियो।

नेकपा विवाद सुल्झाउन छ सदस्यीय कार्यदल गठन

सत्तारुढ नेकपामा लामाे समयदेखि देखिएकाे विवाद सहमति उन्मुख भएको छ। विवाद समाधान तथा सुझावका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहालबीचकाे छलपफलपछि ६ सदस्यीय कार्यदल गठन भएको महासचिव विष्णु पौडेलले जानकारी दिए। कार्यदलमा विष्णु पौडेल, जर्नाजन शर्मा, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेका छन्।

ओली–दाहाल संवाद महाधिवेशन केन्द्रित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद टुंग्याउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार महाधिवेशन केन्द्रित संवाद भएको छ। नौ दिनपछि साढे तीन घन्टा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओलीले दाहाललाई अहिले पार्टीभित्रको विवाद टुंग्याउन र महाधिवेशनपछि एकल अध्यक्ष बन्न प्रस्ताव गरेका छन्।

ओली–दाहाल संवाद खुलाउन दौडधुप

दाहाल–नेपाल समूहले पत्रकारलाई बोलाएर पार्टीभित्रको अन्तरविरोधबारे जानकारी दिएपछि ओली रुष्ट बन्दा दुई अध्यक्षबीच विकसित संवादहीनताको गाँठो फुकाउन विष्णु पौडेल र शंकर पोखरेलको दौडधुप जारी छ।

बालुवाटार–खुमलटार दूरी बढ्दै

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तीव्र बनेको आन्तरिक विवाद कोरोना भाइरसको बढ्दो संक्रमणसँगै फेरि केही दिनका लागि थाती रहने भएको छ। काठमाडौं उपत्यकामा संक्रमण बढेसँगै शीर्ष नेताले आपसमा भेटघाट बन्द गरेर संक्रमण बढ्न नदिने रणनीति लिएसँगै आन्तरिक विवाद केही दिनका लागि थाती राखिएको हो।

नारायणकाजीलाई प्रधानमन्त्रीका सल्लाहकार रिमालले भने : 'इनफ इज इनफ'

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको लाज जोगाउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता श्रेष्ठलाई मेन्सन गर्दै गुटबन्दीको आगोमा उत्तोलक नबन्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्