२१ असार २०८१ शुक्रबार
image/svg+xml

सभागृहमा राष्ट्रिय कविता महोत्सव हुने

टोखास्थित न्हुजः खलः पुस्तकालयले राष्ट्रिय युवा कविता प्रतियोगिता तथा कार्यशालाको आयोजना गर्ने भएको छ। विभिन्न जिल्लाबाट छनोट भएका एक सयजना कविहरूले महोत्सवमा प्रतिस्पर्धा गर्दैछन्।

गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय कविता महोत्सव गर्ने

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता महोत्सव हुने भएको छ।

घिउ, चाकुसँगै लक्ष्मणका कविता

पोखराको साहित्यिक संस्था पुछारसिटे अभियानले माघे संक्रान्तिका दिन घिउ, चाकुसँगै कविताको स्वाद चखाएको छ। उसले आफ्नो पाँचौ एकल वाचनको सृङखलामा कवि लक्ष्मण थापालाई उभ्याएर कविता र चाकुको स्वाद चखाएको हो।

‘पोथी बास्नुहुँदैन’को दृष्टान्त डा. शिवमायाहरूमा खोजौँ

आज पनि डा. शिवमायाहरू राजनीतिक दाउपेचको संवेदनशील घढीमा जसरी प्रतिरोधमा उत्रिरहेछन्, यसले यही कविताको लय र विद्रोहलाई चरितार्थ गरिरहेझैँ लाग्छ। त्यसैले समकालीन कविताको पूर्वाद्धमा लेखिएर उत्तराद्र्धको राजनीतिक, सामाजिक, सांस्कृतिक र वैचारिक प्रतिनिधित्व गरिरहेको यो कविता अहिलेको सन्दर्भमा हेर्ने हो भने सर्वकालिक आवाज भएको छ।

कविताः सपनाको तस्बिर

झोलामा बोकेर आएका थिए उनीहरूले आफ्नो आँखाको तस्बिर। दरबार पस्नुअगि नै झोला खोसियो द्वारमै। के के थिए झोलामा के के हराए झोलाबाट उनीहरू आफैँ अलमलिए।

कविताः चौपट्टै साघुरा बाटाहरू

चौपट्टै साघुरा बाटाहरू साँघुरा गल्लीहरूमा केही थान आत्माहरू भविष्य खोज्दै, भिडभाड छिचोल्दै, आफ्ना पाइला चालिरहन्छन।

पत्याऊँ–पत्याऊँ लाग्छ

उफ्फ ! क्या फसाद ! नपत्याउँ भने आफ्नै नेता पत्याउँ भने काम उता कुरो यता कुनै दिन त जता कुरो उतै काम गर्ला जस्तो लाग्छ त्यही आसले त उसका कुरा पत्याऊँ पत्याऊँ लाग्छ ।

कालापानीलाई चिठी

गाउँमा एक साँझ केही युवा आएर सुनाएका थिए– तिमी लुटिएको कथा। प्रिय कालापानी, मलाई थाहा छैन– मेरो र तिम्रो दुरी कति दुर छ। तर, जुन दिन मैले सुनें तिम्रो कथा लाग्यो तिमी मेरै आ“गन हौ तिमी मेरै आकाश हौ।

पियानोको धुनमा कविता र मुक्तक

मन पोख्न मधुशाला छिर्छन् मान्छे या भनूँ आगो निभाउन। कोही रंगशाला धाउँछन् सीप निखार्न या भनूँ तन तताउन। कोही जीवन र समाज बुझ्न काव्यशाला पस्छन् या भनूँ जगत् उघार्न। माथिको पहिलो ‘शाला’ गाउँ, सहर, गल्ली, सडक जताततै सजिलै प्राप्य छ।

सर्वनाम थिएटरमा गुन्जिए नवोदित र राईका कविता

प्रत्येक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौं भन्ने उद्घोषका साथ नियमित साहित्यिक कार्यक्रम गर्दै आएको सर्वनाम थिएटर काठमाडौंले कवि मीनकुमार नवोदित र नु हाङ राईलाई प्रस्तुत ग-यो।

राष्ट्रिय भावका कविता वाचन

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतलाई समेटिएको विषयमा विवाद भइरहँदा भूगोल साहित्य समाजले आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुले देशको भूमिप्रतिको प्रेममाथि कविताहरु वाचन गरे।

सर्वनाममा कविता सुनाएकोे पारिश्रमिक

सर्वनाम नाट्य समूहले प्रत्येक महिनाको पहिलो दिन दुईजना कविलाई आमन्त्रण गरी सम्मान गर्ने, कविता सुन्ने र पारिश्रमिक उपलब्ध गराउने परम्परालाई मंसिर महिनामा पनि कायम राख्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्