२४ असार २०८१ सोमबार
image/svg+xml
अन्य

कालापानीलाई चिठी

गाउँमा एक साँझ
केही युवा आएर सुनाएका थिए– तिमी लुटिएको कथा।
प्रिय कालापानी,
मलाई थाहा छैन– मेरो र तिम्रो दुरी कति दुर छ।
तर, जुन दिन मैले सुनें तिम्रो कथा
लाग्यो तिमी मेरै आ“गन हौ
तिमी मेरै आकाश हौ।

मेरो भूगोल निकै सा“घुरो छ, लिपुलेक ¤
मलाई थाहा छैन तिमी कति टाढा छौ,
सुन्छु तिमी मेरो परिधिभन्दा पनि धेरै टाढा
निकै टाढा छौ।
तर, जुन सा“झ मैले तिमीमाथि बुट बर्जेको कुरा सुनें,
मेरो मनले थाम्न सकेन, लिपुलेक।
लाग्यो ती बुटहरू मेरै सिरानीमा परेड खेलेका हुन्।
परेड तिमीमाथि होइन,
मेरै छातीमा खेलेका हुन्
मेरै शरीर कुल्चेका हुन्।
लिम्पियाधुरा !
जुन सा“झ मैले सुनें, तिम्रो काटिएको शरीरको व्यथा
लाग्यो उनीहरूले तिमीलाई चिरेका होइनन्,
मेरै मुटु चिरेका हुन््
लुटिएको अस्मिता तिम्रो होइन,
मेरै इज्जत लुटिएको हो।

म चाहन्छु,
कुनै दिन तिमीलाई भेट्न
तिम्रो हृदयबाट बगेको चिसो पानी पिउन
तिमीले लुकाएको माटोको सुगन्ध सुँघ्न
तिमीले मायाले हुर्काएका भुइँपूmलहरू छुन
अनि तिम्रो काखमा हुर्केका अपमानित मनहरू स्पर्श गर्न।
त्यो दिन आउला नआउला कालापानी !
तर, हामीले ओढेको एउटै आकाशको कसम लिपुलेक
हामी बा“चेको एउटै धर्तीको कसम लिम्पियाधुरा
तिम्रो पीडालाई सहनेछैनौं चुपचाप चुपचाप,
लुछिएको तिम्रो मासुका चोक्टा
फालिएको कुनै व्यर्थको निर्जीव जस्तो हुन दिनेछैनौं।
 
घरको छानो नै मेरो आकाश हो
खेतका गरागरा नै मेरो देश हो
बारीका ड्याङ नै मेरो सिमाना हो
त्यसैले मलाई धेरै कुरा थाहा छैन
मैले छिचोलेको छैन धेरै पुस्तकका ठेली
तर, देश कसरी रुन्छ मलाई थाहा छ लिपुलेक
देश कसरी दुख्छ मलाई थाहा छ लिम्पियाधुरा
देशलाई कसरी पोल्छ मलाई थाहा छ कालापानी
किनभने देशलाई पनि मान्छेलाई जस्तै दुख्छ
देशलाई पनि मेरो खेतलाई जस्तै पोल्छ
देश पनि मेरो मन जस्तै रुन्छ।

गाउँमा एक साँझ
आएका युवाले भनेका थिए–देश दुख्दा हामीले झन्डा बोक्नुपर्छ प्रतिरोधको,  
देश रुन्दा हामीले लगाउनुपर्छ नारा आक्रोशका
देशलाई पोल्दा हामीले कस्नुपर्छ मुठी स्वाभिमानको।
अनि म सा“घुरो आकाश ओढेको मान्छे
म छोटो दुरीमा बा“चेको मान्छे
तिमीभन्दा धेरै टाढाको म मान्छे पनि
निस्कें प्रतिरोधको झन्डा बोकेर,
आक्रोशको नारा लगाएर
स्वाभिमानको मुठी कसेर।

प्रिय कालापानी
म चाहन्छु तिमीलाई भेट्न
अनि तिमीलाई अँगालोमा बेरेर
साट्न चाहन्छु प्रेमको आ“सु
सुन्न चाहन्छु तिम्रोको मनको कहर
स्पर्श गर्न चाहन्छु तिम्रो माटोको ताप।

प्रिय लिम्पियाधुरा
म चाहन्छु तिम्रो उचाइ नाप्न
तिम्रो चुच्चो धार छुन
कालीको मुहानमा डुबुल्की मार्न चाहन्छु
अनि चाहन्छु लेख्न एउटा कविता– देशको।     

प्रकाशित: १९ पुस २०७६ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App